Logo

Banner-news

डब्लूएचओ भन्छः कोरोना महामारी पूर्ण नियन्त्रणमा आउन अझै ५ वर्ष लाग्नसक्छ !


GDP Nepal
   २५ श्रावण २०७७, आइतबार


जेनेभा(एजेन्सी): कोरोना संक्रमण कहिले अन्त्य हुन्छ भन्ने अनेकौं आशंकाका बीच विश्व स्वास्थ्य संगठनले भने यो नियन्त्रणका लागि अझै ५ वर्षसम्म लाग्नसक्ने जनाएको छ । संगठनले आधिकारिक रुपमा केही नभने पनि संगठनका उच्च अधिकारीहरुले अनौपचारिक रुपमा यस्तो जनाएका हुन् ।

कोरोनाभाइरसको महामारी अझैपनि आधा दसक सम्म चल्ने विश्वव्यापी स्वास्थ्यका एक वरिष्ठ अधिकारीले चेतावनी दिएका छन् । विश्वव्यापी मृतकको संख्या ३ लाखको नजिक पुगेसँगै संगठनकी प्रमुख वैज्ञानिक सौम्या स्वामीनाथले बताएको फाइनान्शीयल टाइम्सले जनाएको छ ।

“मैले अझै ४ वा ५ वर्षको समयसीमा देखेकी छु । हामीले यो अवधिमा यसलाई नियन्त्रण गर्न सक्छौ,” उनको भनाई थियो ।

हालका लागि खोप राम्रो उपाय देखिएको तर यसको सुरक्षाको विषयमा अझैपनि प्रसस्त मात्रामा किन्तु परन्तुको अवस्था रहेको छ । प्रभावकारी खोपको विकास र सफल उपचारको विधि दुवैले महामारीको अवधिलाई निर्धारण गर्ने उनले बताएको फाइनान्शीयल टाइम्सले जनाएको छ ।

हालसम्मको अवधिमा विश्वभरी २ लाख ९७ हजार ४६५ मानिसको मृत्यु भइसकेको जोन हपकिन्स विश्वविद्यालयले जनाएको छ । यस्तै भाइरस जाँदै नजाने सम्भावना पनि उत्तिकै छ ।

विश्वव्यापी जन स्वास्थ्य संकटको अर्थ देशहरुले प्रभावकारी रुपमा बन्द गर्नुपर्ने देखिन्छ । विश्वका धेरै नेताहरुले अर्बौ मानिसहरुको दैनिक जीवनमा कडा रोक लगाउदै आएका छन् ।

प्रयोगमा भिन्नता भएपनि लकडाउन नीतिले स्कुल बन्द भएका छन्, सार्वजनिक भेटघाटमा प्रतिबन्ध लागेको छ र सामाजिक दुरीको अवस्था लागू भएको छ । यसले १९३० को दसकको सुरुको महामन्दीपछिकै खराब आर्थिक अवस्था निम्त्याउने देखिन्छ ।

पछिल्ला साताहरुमा केही मुलुकहरुले क्रमिक रुपमा प्रतिबन्ध खुकुलो पार्ने र केही पसल तथा कारखानाहरु पुनः खोल्न सुरु गरेका छन् ।

प्रकाशित : २५ श्रावण २०७७, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह