Logo

Banner-news

गृहमन्त्रीको टोलीले धानबाली माडेकै हो? तस्बिरले यसरी झुक्यायो मिडियालाई !


GDP Nepal
   ८ भाद्र २०७७, सोमबार


काठमाडौं । गृहमन्त्री रामबहादुर थापासहितको टोलीले शुक्रबार अछामको बाढीप्रभावित क्षेत्रको स्थलगत निरीक्षण ग¥यो । मंगलबार राति अविरल वर्षासँगै कैलाश खोलामा आएको बाढीले अछाममा ठूलो जनधनको क्षति गरेपछि त्यहाँ गृहमन्त्री थापा संघीय संसदमा सदस्यसहित पुग्नु स्वाभाविक पनि थियो ।

गृहमन्त्रीसँगै गएका थिए– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, पूर्वमन्त्री भीम रावललगायत । उनीहरुले बाढीले बेपत्ता भएकाहरुका परिवारसँग भेटघाट गरे र राहतको आश्वासन पनि दिए । बाढीमा बेपत्ता भएका ११ जनाको खोजीकार्य अझै जारी छ ।

गृहमन्त्रीका रुपमा उनले धनजनको क्षति अवलोकन गर्नु सामान्य नै हो । तर, उनको टोलीले धानबाली माडेर कार्यक्रम गरेको भन्दै आलोचना भइरहेको छ । काठमाडौंका सबैजसो मिडियाले बाढीले जोगाएको धान गृहमन्त्रीको कार्यक्रमले माडेको भन्दै समाचार लेखिरहेका छन् भने सामाजिक सञ्जालमा गृहमन्त्रीमाथि व्यंग्य र आलोचना पनि उस्तै छ ।

तर, हरेक सिक्काका दुईवटा पाटा हुन्छन् भनेजस्तै वास्तविकता अलि फरक देखिन्छ । काठमाडौंमा प्रचार गरिएजस्तो धानखेतमै गृहमन्त्रीको कार्यक्रम भए पनि त्यो खेतको धान उठ्नै नसक्नेगरी बाढीले सोत्तर पारेको पाइएको छ ।

गृहमन्त्री र कार्यक्रमको तस्बिर लिनेले पृष्ठभूमिको हरियो खेत र तल सोत्तर भएको धानमात्र देखाइदिँदा यस्तो आलोचना सहनुपरेको बताइन्छ । स्थानीय जनप्रतिनिधि र प्रशासनले नै यस्तो कार्यक्रम आयोजना गरे पनि आलोचनाको शिकार गृहमन्त्री र टोली भएको छ ।

केही अन्य तस्बिर हेर्दा कार्यक्रम त्यति गलत स्थानमा गरिएको देखिँदैन । हेर्नुहोस्, कार्यक्रमस्थलका अन्य तस्बिरहरुः

प्रकाशित : ८ भाद्र २०७७, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह