Logo

अर्थनीति

दसैं लाग्यो ! आजबाट बसको टिकट बुकिङ, भाडा बढ्दा भने खल्लो

काठमाडौं । यस वर्षको दसैंका लागि घर फर्किनेहरुका लागि आजबाट बुकिङ खुल्ने भएको छ । तर, दसैंकै मुखमा सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै गाडीभाडा पनि बढेको छ । यसले भने

सरकारको गाइजात्रे निर्णयः अमेरिकी सहयोगका आयोजनालाई पनि राष्ट्रिय गौरवको मान्यता

काठमाडौं । सामान्यतया राष्ट्रिय गौरवका आयोजना भन्नाले स्वदेशी लगानीका विकास निर्माणसँग सम्बन्धित आयोजना बुझाउँछ । विदेशी लगानी नै भए पनि त्यसको व्यवस्थापन भने सरकारी स्तरबाटै हुने प्रचलन छ । तर,

इन्धनमा मूल्यवृद्धिपछि ढुवानीको समस्याः बजारमा हाहाकार, सरकार रमिते मात्रै ?

काठमाडौं । सरकारले जनअपेक्षाविपरीत दसैंको मुखमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेलगत्तै इन्धनका क्षेत्रमा अर्को समस्या देखिएको छ । सरकारको व्यवस्थापकीय कमजोरीका कारण बजारमा इन्धन अभाव देखिन थालेको छ । पेट्रोलियम

अमेरिकालाई चीनको काउन्टरः ६० अर्ब डलरका अमेरिकी सामानमा कर वृद्धि

बेइजिङ । महाशक्ति राष्ट्र अमेरिका र उदाउँदो महाशक्ति राष्ट्र चीनबीच व्यापार युद्ध नयाँ मोडमा पुगेको छ । दुवै मुलुक एक अर्काका सामानमाथि कर बढाउने प्रतिस्पर्धामा छन् । अमेरिकाले करिब २

त्रिभुवन विश्वविद्यालयको बजेट २१ अर्ब, विद्यार्थी भने बर्सेनि घट्दै

काठमाडौँ ।  कुनै समय निकै चर्चा र विद्यार्थीमाझ लोकप्रिय रहेको त्रिभुवन विश्वविद्यालयका चार्म घट्दै गएको छ । विद्यार्थी भर्ना र नतिजाको अवस्थाले यो विश्वविद्यालयको चार्म घट्दै गएको छ । पुरानो

दसैंको मुखमा सरकारको उपहारः इन्धनमा मूल्यवृद्धि, बजारभाउ बढ्ने

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले सोमबार रातिदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ र डिजेल र मटीतेलको मूल्य ३ रुपैयाँ बढाएको

महासंघद्वारा चिनियाँ लगानीकर्तासामु २८ परियोजनामा संयुक्त लगानीको प्रस्ताव

काठमाडौं । नेपालको निजी क्षेत्रले नेपालका तर्फबाट संयुक्त लगानीका लागि २८ वटा परियोजना चीनसमक्ष प्रस्ताव गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य, पूर्व अध्यक्ष चण्डिराज ढकालले छेङदु एसोसिएसन

उद्योगमन्त्री गले: निम्बस खुल्यो, मुद्दा पनि फिर्ता !

काठमाडौं । चौतर्फी दवावपछि उद्योगमन्त्री मातृका यादव निम्बस समूहद्वारा सञ्चालित तोरीको तेल उत्पादन गर्ने उद्योगमा लगाइएको ताला खुलाउन आफैंले अग्रसरता लिएका छन् । मन्त्रीले आफू ताला खोलिदिने तर त्यसका लागि

प्रधानमन्त्री भन्छन्– जनता खर्चालु भए, खर्च नियन्त्रणका कार्यक्रम ल्याउनुपर्छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आम नागरिकमा देखिएको खर्चालु प्रवृत्तिलाई नियन्त्रण गर्नुपर्ने धारणा राखेका छन् । उनले नेपाली जनतामा देखिएको खर्चालु प्रवृत्ति नियन्त्रणका लागि कार्यक्रम ल्याउनुपर्ने बताएका छन् ।

चीनसँग पारवहन सम्झौतालगत्तै भारतको अर्को बन्दरगाहबाट कार्गो रेल नेपालमा !

काठमाडौं । चीनसँग पारवहनसम्बन्धी सम्झौता भएको एक साता नबित्दै दक्षिणी छिमेकी मुलुक भारतको अर्को बन्दरगाहबाट पनि नेपालले सुविधा उपभोग गरेको छ । चीनसँगको भएको सम्झौता कागजमा मात्र सीमित हुने टिप्पणी