Logo

अर्थनीति

उद्योगमन्त्री गले: निम्बस खुल्यो, मुद्दा पनि फिर्ता !


appharu
   २९ भाद्र २०७५, शुक्रबार


काठमाडौं । चौतर्फी दवावपछि उद्योगमन्त्री मातृका यादव निम्बस समूहद्वारा सञ्चालित तोरीको तेल उत्पादन गर्ने उद्योगमा लगाइएको ताला खुलाउन आफैंले अग्रसरता लिएका छन् ।

मन्त्रीले आफू ताला खोलिदिने तर त्यसका लागि सर्वोच्चमा सरकारविरुद्ध बिचाराधीन मुद्दा फिर्ता गर्नुपर्ने शर्त राखेका थिए । निम्बस समूह र मन्त्रीबीच बुधबार भएको वार्तामा यस विषयमा सहमति जुटेसँगै समूहले अदालतमा दायर गरेको रिट फिर्ता लिएको छ ।

उद्योगमन्त्री यादवले बिनाआधार उद्योगमा शिलबन्दी गरेको भन्दै चर्को आलोचना भएको थियो । साउन अन्तिम साता उनले उद्योगको अनुगमन गर्दै नमुना परीक्षणका लागि भन्दै मिनरल वाटरको बोतलमा प्रशोधन हुँदै गरेको तेल भरेर ल्याएका थिए ।

त्यसको एक सातापछि तेलमा फ्याट्टी एसिडको मात्रा बढी भएको भन्दै प्रचार गराएका मन्त्रीले नमूना परीक्षणमै पूर्वाग्रही र लापरवाही भएको समाचारहरु प्रकाशित भएपछि बयान फेर्दै तोरीको दाना नभेटिएको भन्दै अर्को प्रचार सुरु गरेका थिए ।

उद्योगमा मन्त्रीको सामु मिनरल वाटरको बोतलमा तेल भर्दै कर्मचारी ।

निम्बस समूह उद्योग खुलाउन माग गर्दै सर्वोच्च गएको थियो । अन्तरिम आदेशका लागि बिहीबार पेशी भए पनि समूहले रिट फिर्ता लिएपछि सुनुवाई भएन । बिहीबार नै जिल्ला प्रशासन कार्यालयमार्फत उद्योग खुलाउने प्रक्रिया अघि बढेको थियो ।

दसैं तिहार र छठका बेला बढी तेल खपत हुने भएकाले यही बेला उद्योग बन्द गराइँदा मन्त्रीको नियतमाथि नै प्रश्न उठेको थियो । यसैबीच मन्त्री यादवले भने बिहीबार उद्योग वाणिज्य महासंघको कार्यक्रममा अनुगमनमा जाँदा ठूलो दवाव आउने गरेको र आफू त्यसबाट बिचलित नहुने बताएका छन् ।

तर, अनुगमनका नाउँमा कसैको व्यवसाय नै सिध्याउनेगरी प्रस्तुत भएको भन्दै मन्त्रीको चौतर्फी आलोचना भइरहेको छ । निम्बस समूहले अन्तर्राष्ट्रिय गुणस्तर चिह्न पाएकै बेला आक्रमण गर्नुलाई नियोजित कारबाहीका रुपमा हेरिएको छ ।

प्रकाशित : २९ भाद्र २०७५, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह