Logo

विचार/दृष्टिकोण

प्रधानमन्त्रीलाई अर्थशास्त्री पौडेलको प्रश्न- दुईतिहाई सरकारको सिग्नेचर प्रोजेक्ट कुन हो?


appharu
   ६ कार्तिक २०७५, मंगलबार


काठमाडौं । दुई तिहाई बहुमतको सरकारका प्रधानमन्त्री केपी ओलीको कार्यशैलीप्रति उनकै पार्टीभित्र आवाज उठिरहेको छ । ओली सरकारले अपेक्षित गति लिन नसकेको भन्दै पार्टीभित्रै उनको चर्को आलोचना भइरहेको छ ।

यता, प्रधानमन्त्री भने कहिले गौशालाको गोबर ग्यास र साझाको विद्युतीय बस सेवा उद्घाटन गरेर आफ्नो नाम लेखाउने धुनमा छन् । ओलीले अर्को चुनावअघि आफैंले शिलान्यास गरेर आफैं उद्घाटन गरेको प्रोजेक्ट कुन् हो भन्ने जनताको सम्भावित प्रश्नको समेत हेक्का राखेका छ्रनन् ।

युवा अर्थशास्त्री विश्व पौडेलले ओलीले साझाको विद्युतीय बस सेवा उद्घाटन गरेको केही घन्टा नबित्दै फेसबुकमा केही टिप्पणी गरेका छन् ।


ऐतिहासिक पृष्ठभूमि तथा अन्तर्राष्ट्रि अनुभवसमेत समेटेर पौडेलले ओलीको आलोचना नभै सुझावका रुपमा प्रस्तुत गरेका टिप्पणी जस्ताको तस्तै:

पहिला महेन्द्रको पालामा इन्टरनेट आदी नहुँदा श्री ५ ले यस्तो वा त्यस्तो सम्मेलनमा गएर ’सारगर्वीत भाषण’ दिएर देशको नाम राख्नुभयो भन्ने प्रचार गरिन्थ्यो । त्यो जमानानै त्यस्तै थियो, भाषण चर्को दिएर क्यास्ट्रो, नेहारु, मुगाबे चर्चामा आउँथे ।
अरुको देश घुम्न जान त केही धनी देशका सिमित व्यक्ती मात्र सक्थे। त्यसैले भाषण दिने, रवाफ देखाउने, महंगो होटलमा बसेर शान देखाउने चलन थियो । तर, अहिले पनि ’खतरा’ भाषण गरेर देशको नाम राखिन्छ भन्ने सोच्ने व्यक्तीहरु प्रधानमंत्रीको वरिपरि छन् । यिनीहरुलाई के भन्नु ?

प्रधानमन्त्री ओलीले अझै भन्न सक्नुभएको छैनः अहिलेको दुई तिहाइ सरकारको अर्को चुनाव हुनु अघी सकिने “सिग्नेचर प्रोजेक्ट“ के हो ? वहाँँले “मेरो दुई तिहाइ सरकार हुँदा मैले शुरु गरेर सकेको यो प्रोजेक्ट हो“ भन्न सक्ने के हुने हो ?
प्रधानमन्त्रीले गौशालाको ग्याँस र साझाको बस उदघाटन गर्न जाँदा यो देशको इज्जत पनि मेरो काँधमा छ, यस्ता उट्पट्याङ काम गरेर धेरै दिन हिंड्न हुँदैन भन्ने सोचिदिएमात्र पनि अहिले धेरै त्राण पाइन्थ्यो ।

प्रकाशित : ६ कार्तिक २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह