Logo

बिजनेस होम

चीनमा प्रत्येक साता २ अर्बपति थपिन्छन्, अमेजनका जेफ बेजोस संसारकै धनी !


appharu
   ११ कार्तिक २०७५, आइतबार


बेइजिङ । नेपालको उत्तरी छिमेकी चीनको आर्थिक प्रगति साँच्चै लोभलाग्दो छ । संसारका सबैभन्दा बढी अर्बपति भएको चीनमा मध्यम वर्गको माथिल्लो वर्गमा स्तरोन्नति झनै आश्चार्यजनक छ ।

गत वर्ष विश्वभरी गरेर कुलमा १ सय ७९ नयाँ अर्बपति थपिएका छन् । जसमध्ये चीनमा मात्रै अर्बपतिको संख्यामा अघिल्लो ३ सय १८ बाट बढेर ३ सय ७३ पुगेको छ ।

चिनियाँ अर्बपछिहरूको कुल सम्पत्ति १.१२ ट्रिलियन डलर पुगेको छ । यो ३९ प्रतिशतको वृद्धि भएको यूबीएसले सार्वजनिक गरेको आफ्नो २०१८ बिलिनियर इनसाइट रिपोर्टमा उल्लेख गरेको छ ।

विश्वका सर्वाधिक धनी मानिसको संयुक्त सम्पत्तिमा १९ प्रतिशतले वृद्धि भई ६.९ ट्रिलियन डलर पुगेको छ । यो ठूलो हिस्सा चीनमा रहेको र यो मुलुकमा प्रत्येक सातामा २ नयाँ अर्बपति थपिने गरेका छन् ।

यूबीएसले यो वर्षको सर्वाधिक धनाढ्य १० अर्बपतिको सूची पनि सार्वजनिक गरेको छ ।

जसमा जेफ बेजोसको सम्पत्ति १ सय १२ अर्ब डलर छ । ५४ वर्षीय जेफ बेजोस अमेजनका संस्थापक हुन् । अमेजन विश्वकै ठूलो अनलाईन खुद्रा बिक्रेता कम्पनी हो । यो कम्पनी १९९४ मा स्थापना भएको थियो । गत वर्ष मात्रै उनी विश्वकै धनी मानिस हुन सफल भएका थिए ।

यस्तै, दोस्रो नम्बरमा रहेका बिल गेट्सको सम्पत्ति ९० अर्ब डलर छ । माइक्रोसफ्टका संस्थापक १९८७ देखि फोब्र्सको रिच लिस्टमा पर्न सफल हुँदै आएका छन् । १९९५ देखि २०१७ सम्म चार वर्षलाई कटाउने हो भने उनी विश्वकै धनी रहँदै आएका थिए । उनी आफ्नो परोपकारी कामबाट पनि चिनिँदै आएका छन् । उनले आफ्नी पत्नी मेलिन्दा गेट्ससँग मिलेर परोपकारी काम गर्दै आएका छन् ।

तेस्रो स्थानमा रहेको वारेन बफेटको सम्पत्ति ८४ अर्ब डलर छ । अमेरिकी व्यावसायिक लगानीकर्ता बर्कशायर हाथवेका सिइओ हुन् । उनको गिको डेरी क्विनमा एकल लगानी छ भने उनले कोकाकोला, क्राफ्ट हिन्ज र एप्पलमा पनि आंशिक लगानी गरेका छन् ।

यस्तै, चौथो स्थानमा रहेका बर्नार्ड आरनउल्टको सम्पत्ति ७२ अर्ब डलर रहेको उल्लेख छ । विश्वकै ठूलो विलाशी समानको कम्पनी एलभीएमएचकमा प्रमुख ६९ वर्षिय बर्नार्ड यो वर्ष विश्वकै चौथो धनी बन्न सफल भएका छन् । उनी फेसनको संसारमा र फ्रान्सकै धनीको रूपमा दरिएका छन् ।

फेसबुकका सञ्चालक मार्क जुकरवर्ग पनि ७१ अर्ब डलरसहित पाँचौं स्थानमा छन् । ३४ वर्षीय मार्क जुकरवर्गले आपूm हार्भड युनिभर्सिटीमा रहँदाको समयमा साथीहरुसँग मिलेर फेसबुकको सुरुवात गरेका थिए । उनी अभैm पनि यो सामाजिक सञ्जालको सिइओका रूपमा रहँदै आएका छन् ।

अमान्सियो ओर्टेगा ७० अर्ब डलर सम्पत्ति सहित छैटौं स्थानमा छन् । ८२ वर्षीय स्पेनिस विजनेस टाइकुन इन्डिटेक्स फेसन ग्रुपका संस्थापक हुन् । यसमा जारा पनि समावेश भएको छ ।

यस्तै, कार्लोस स्लिम हेलुको ६७ अर्ब डलर सम्पत्तिले उनलाई धनाढ्यको सूचीमा सातौं स्थानमा पु¥याएको छ । ७८ वर्षीय मेक्सिकन व्यापारी २०१० देखि २०१५ सम्मको अवधिमा विश्वकै धनी व्यक्तिका रूपमा दरिएका थिए ।

आठौं र नवौं स्थानमा रहेका चाल्र्स र डेभिड कोच नाताले दाजुभाइ हुन् । ६० अर्ब डलर सम्पत्ति रहेका यी दाजुभाइ ८२ र ७८ वर्षका भएका छन् । उनीहरूले कोच इन्डस्ट्रिजनको नेतृत्व गर्दै आएका छन् । यो कम्पनी निजी रूपमा सञ्चालन भएको अमेरिकाकै दोस्रो ठूलो कम्पनी हो ।

१० उत्कृष्ठ धनीको सूचीमा अन्तिम स्थानमा रहेका ल्यारी इलिसनको सम्पत्ति ५८.५ अर्ब डलर छ । सफ्टवेयर कम्पनी ओ¥याकलका सह–संस्थापक ७३ वर्षीय अमेरिकी ल्यारी ५८.५ अर्ब डलरको सम्पत्तिसहित विश्वकै १० औं धनी बन्न सफल भएका छन् ।

प्रकाशित : ११ कार्तिक २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह