Logo

विकास / पूर्वाधार

भारतसँगको विद्युत निर्भरता तोडिने, दुई वर्षभित्रै आयात-निर्यात बराबर हुँदै


appharu
   १३ कार्तिक २०७५, मंगलबार


काठमाडौं । भारतबाट ५ सय मेगावाट बिजुली आयात गरेर लोडसेडिङ अन्त्य गरिरहेको नेपालले अबको २ वर्षमा भने भारतबाट जति विद्युत् किन्नेछ, उत्तिकै परिमाणमा निकासी पनि गर्नेछ ।

नेपाल विद्युत् प्राधिकरणको तथ्यांकले आर्थिक वर्ष २०७४–७५ मा १९ अर्ब ३७ करोड बराबरको विद्युत् आयात गरेको छ । इनर्जी बैकिङमा सहमति भए दुई वर्षभित्रै आयात र निर्यात बराबर हुने देखिएको हो ।

५ वर्षदेखि नेपालले भारतसमक्ष प्रस्ताव गरेको तथा दुई वर्ष अघि नेपाल–भारत संयुक्त कार्यकारिणी समिति (जीडब्लूसी) बैठकमा प्रवेश पाएको इनर्जी बैकिङमा भारत सहमत भएमा नेपालले बढी विद्युत् हुने बर्षामा विद्युत् निर्यात र हिउँदमा आयात गर्ने बाटो खुल्नेछ तर हालसम्म यसबारे दुई देश सहमत भैसकेका छ्रैनन् ।

इनर्जी बैकिङबारे टुंगो लागिनसकेकोले विद्युत् प्राधिकरण बिजुली खेर गएर घाटा बेहोर्नुपर्नेमा चिन्तित छ । इनर्जी बैकिङअनुसार दुई देशबीच आदानप्रदान खुल्ला भइ बढी वा घटीको आधारमा एक अर्का देशले विद्युत् किनबेच गर्नेछन् ।

विद्युत् प्राधिकरणका अनुसार गत वर्ष २५८२ गिगावाट आवर विद्युत् आयात गरेको नेपालले चालू आर्थिक वर्ष २०७५(०७६ मा इनर्जी बैकिङमार्फत निर्यात गरिएको ४ सय गिगावाट आवर निर्यात र १३०० गिगावाट आवर आयात गर्ने छ ।

विद्युत् प्राधिकरणको प्रक्षेपणअनुसार चालू वर्षको बर्षादेखित नेपालले भारतलाई विद्युत् निर्यात गर्ने देखिएको छ । विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारी चालु वर्षको हिउँदमा ४ सय गिगावाट आवर भारत निर्यात गर्ने र अर्को आर्थिक वर्षदेखि नेपालले निर्यात गर्ने र आयात गर्ने विद्युत्को परिमाण बराबर हुने बताउँछन् ।
“आर्थिक वर्ष २०७६/०७७ देखि विद्युत् आयात निर्यात बराबर हुने तथ्यांक छ,”
उनले भने, “४५६ मेगावाटको माथिल्लो तामाकोसी निर्माण भएपछि वर्षामा इनर्जी बैकिङ अनुसार भारतलाई विद्युत् निर्यात गरिनेछ ।”
विद्युत् प्राधिकरण स्रोतले भने माथिल्लो तामाकोसी चालू आर्थिक वर्षभित्र पूरा हुन कठिन देखिएकोले निर्यात गर्ने सम्भावना न्यून रहेको बताउँछन् ।

प्राधिकरणको प्रक्षेपण अनुसार आर्थिक वर्ष २०७६–७७ मा ८ सय गिगावाट आवर, आर्थिक वर्ष २०७७–०७८ मा ९ सय गिगावाट आवर र आर्थिक वर्ष २०७८–७९ मा ७ सय गिगावाट आवर विद्युत् निर्यात हुने देखाएको छ ।
प्राधिकरणले आर्थिक वर्ष २०७६–७७ देखि दुई देशको आयात निर्यात इनर्जी बैकिङको आधारमा बराबर हुने उल्लेख गरेको छ । निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माण सम्पन्न हुने अवधि तथा विद्युत् प्राधिकरणको माग प्रक्षेपणको आधारमा विद्युत् हिउँदमा कम र बर्षामा बढी हुने भएकोले तत्काल इनर्जी बैंकिङ अनुसार आयात निर्यात गरिनुपर्ने बताउँदै आएको छ ।

प्रकाशित : १३ कार्तिक २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह