Logo

बिजनेस होम

प्रविधिमा चीनको छलाङ, फाइभ–जी मा अमेरिकालाई उछिन्दै चीन !


appharu
   १४ कार्तिक २०७५, बुधबार


बेइजिङ । अमेरिका र चीनबीच व्यापारिक युद्ध चलिरहेका बेला दुई मुलुकबीच प्रविधिका क्षेत्रमा पनि तीब्र प्रतिस्पर्धा हुने भएको छ ।

एक समाचार अनुसार चिनियाँ मोबाइल फोन ब्रान्डहरू फाइभ–जीको युगको नेतृत्व गर्ने दौडमा निकै अगाडि बढेका छन् । विज्ञहरूले फाइभ–जी भएको मोबाइल फोन २०२० मा आउने अपेक्षा गरेका छन् ।

चिनियाँ मोबाइल फोन निर्माता वन प्लसका सिइओ पिट लाउले फाइभ–जीको संकेत प्रयोग गरेर ट्विट गरेका छन् । उनको यो ट्विट विश्वकै पहिलो फाइभ जी ट्विट हो ।

अगस्टमा उनले पहिलो फाइभ–जी कल गरेको उनले हालैको अर्को ट्विटमा भनेका छन् ।

वन प्लसका पीआर प्रतिनिधिले वन प्लसले फाइभ–जी परियोजना २०१६ को सुरुमा स्थापना गरेको यसै वर्षको जुनमा फाइभ–जी प्रयोगशालाको स्थापना गरेको विज्ञप्तिमार्पmत बताएका छन् ।

वन प्लसका सह संस्थापक कार्ल पीले आफ्नो कम्पनीले २०१९ मा फाइभ–जी व्यापारिक मोबाइल फोन लन्च गर्ने बताएका छन् ।

हुवावेले पनि २०१९ मै फाइभ–जी प्रविधिको पहिलो मोबाइल फोन लन्च गर्ने कम्पनीका कार्यकारीले यसै वर्षको २०१८ डाभोस फोरममा बताएका थिए ।
तर दूरसञ्चार विज्ञ सियाङ लिगाङले कुन चिनियाँ मोबाइल फोन कम्पनीले फाइभ–जी युगको नेतृत्व गर्छ भन्न मुस्किल भएको बताएका छन् ।

“फाइभ–जी नेटवर्कमाथिको प्रयोग पूरा भइसकेको छैन र हालसम्म कुनै पनि कम्पनीले फाइभ–जी फोन लन्च गरेका छैनन् । यसको वास्तविक परिचालनको समय हालसम्म पनि एकिन भइसकेको छैन,” सियाङले बताएको ग्लोबल टाइम्सले जनाएको छ ।

चिनियाँ स्वदेशी मोबाइल फोन ब्रान्डले नाम नबताउने सर्तमा सबै चिनियाँ फोन निर्माताले फाइभ–जी फोन निर्माण गरिरहेको बताएका छन् । कुनै कम्पनीले
यसबाट विशेष फाइदा लिन सक्ने विषयमा बताउन उनले अस्वीकार गरेका छन् । फाइभ–जी फोन सार्वजनिक रूपमा बिक्री गरिनुपूर्वको समय लामो नभएको पनि सियाङले बताए ।

“हाल फाइभ–जीको भित्री, बाहिरी र मुख्य सडको प्रयोग सबै भइसकेका छन् । मुख्य सहरको प्रयोग चलिरहेको छ र आगामी वर्ष केही प्रयोगकर्ताको परिक्षण लन्च गरिनेछ । यी सबैका आधारमा २०२० मा फाइभ–जी मोबाइल फोनको लन्च हुनेछ,” सियाङले बताए ।

फाइभ–जी मोबाइल फोनको मामिलामा चीन विश्वको अग्रणी हुने सम्भावना बढी भएको विषयमा उनले जोड दिए ।

यो धारणा अन्य अन्तर्राष्ट्रिय मिडियाका समाचारमा पनि व्यक्त भइसकेको र चीनले अमेरिकाजस्ता केही मुलुकको तुलनामा चीन अग्रणी हुने सियाङले बताए ।

“फोर–जीको लोकप्रियतामा पनि चीनले अमेरिकालाई उछिनिसकेको छ । चीनमा फोर–जीको ४० लाख आधार स्टेसन रहेका छन् । यसको तुलनामा अमेरिकामा ३० हजार आधार स्टेसन मात्रै रहेका छन् । यसको अर्थ अमेरिकाका कतिपय दुर्गम जिल्लामा फोनको संकेत नभएको लाग्छ,” सियाङले बताए ।

प्रकाशित : १४ कार्तिक २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह