Logo

सेयर बजार

अपर तामाकोसीमा स्थानीयभन्दा सर्वसाधारणलाई बढी सेयर, न्यूनतम ४० कित्ता पाए !


appharu
   ११ मंसिर २०७५, मंगलबार


काठमाडौं । सर्वसाधारण लगानीकर्ताले अपर तामाकोसी हाइड्रोपावरमा स्थानीयवासीभन्दा बढी सेयर पाएका छन् ।

मंगलबार बाँडफाँड गरिएअनुसार सर्वसाधारणले ४० र ५० कित्ता सेयर पाएका हुन् । जबकि स्थानीयले न्यूनतम ३० कित्तादेखि अधिकतम १०२ कित्तासम्म सेयर पाएका थिए । अधिकतम सेयर पाउने हजारभन्दा कममात्र स्थानीय छन् ।

स्थानीयमध्ये ग वर्गका दोलखावासीले ३० र ३४ कित्ता सेयर पाएका छन् भने ख वर्गकाले ४० र ४८ कित्तामात्र सेयर पाएका थिए । उनीहरुले आफैं बैंकमा लाम लागेर ४ महिना कुरेपछि मात्रै सेयर पाएका हुन् भने कतिपयको पैसा अझै फितौ भएको छैन ।

तर, सर्वसाधारणले १ महिनाभित्रै सेयर पाएका छन् । सामुहिक लगानी कोषका लागि छुट्याइएको ७ लाख ९४ हजार २५० कित्तासहित कूल १ करोड ५८ लाख ८५ हजार कित्ता साधारण सेयर गत कात्तिक १५ देखि १९ सम्म सर्वसाधारणका लागि खुल्ला गरिएको थियो ।

नतिजाअनुसार ५० कित्तादेखि १ हजार कित्तासम्म आवेदन दिने आवेदनहरुको ६ करोड ४६ लाख १८ हजार ८४३ कित्ता सेयरको लागि न्यूनतम ४० कित्ताका दरले १ करोड ३३ लाख ६३ हजार सेयर बाँडफाँड गरिएको छ ।

यस्तै फाँडफाँडबाट बाँकी रहेका १७ लाख २७ हजार ७५० कित्ता सेयरका लागि पुन ३ लाख ३४ हजार ७५ जना आवेदक मध्येबाट गोलाप्रथाद्वारा १० कित्ताका दरले कूल १ लाख ७२ हजार ७७५ जना आवेदक छनोट गरी थप गरिएको जनाइएको छ ।

सेयरका लागि ३ लाख ३९ हजार ७७५ जनाले आवेदन दिएका थिए । जसमध्ये १२ लाख ९८ हजार ९८० कित्ता सेयरका लागि परेको ५७०० जनाको आवेदन भने रितपूर्वक नभएको पाइएपछि रद्द गरिएको थियो ।

प्रकाशित : ११ मंसिर २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह