Logo

सेयर बजार

स्थानीयमाथि तामाकोसीको अर्को अन्यायः ५ महिनामा पनि सेयरको पैसा फिर्ता पाएनन् !


appharu
   १२ मंसिर २०७५, बुधबार


काठमाडौं । अपर तामाकोशी जलविद्युत् आयोजनाले स्थानीयवासीलाई सर्वसाधारणभन्दा कम सेयर दिएर अन्यायमात्र गरेको छैन कि कतिपयलाई ५ महिनादेखि सेयर रकम होल्ड गरेर ऋणमा डुबाएको छ ।

स्थानीयलाई कम परिमाणमा सेयर दिएर आलोचित माथिल्लो तामाकोसीले स्थानीयलाई समयमै रकम फिर्ता नदिँदा स्थानीयले सहकारीलाई बढी ब्याज बुझाउनु परिरहेको छ । स्थानीयले बढी सेयर पर्ने आशामा १७ प्रतिशतसम्म ब्याजमा ऋण लिएर लगानी गरेका थिए ।

सर्वसाधारणले सेयर भरेको ५ महिना पूरा भइसकेको छ । तर, सेयर बाँडफाँड भएको पनि १ महिनाभन्दा बढी हुँदासमेत सबै स्थानीयको रकम फिर्ता हुन सकेको छैन । अहिलेसम्म कुल आवेदकमध्ये १५ प्रतिशतको रकम फिर्ता नभएको जनाइएको छ ।

सुनको अण्डा पार्ने आयोजना भन्दै प्रचारित तामाकोसीमा सेयर आवेदन गर्नेले फारम भर्नदेखि रकम फिर्ताका लागि ताकेता गर्दै सदरमुकामसम्म धाउँदा उनीहरुको लागत निकै बढेको छ । सहकारीको ब्याजसमेत हिसाब गर्दा परेको सेयरभन्दा पनि बढी खर्च भइसकेको स्थानीय बताउँछन् ।

बिक्री प्रबन्धक नागरिक लगानी कोष र सनराइज क्यापिटलमा सम्पर्क गर्दा आउँछ भन्ने जवाफमात्र पाउने गरेको पीडितहरु बताउँछन् । नाम र बैंक खाता नमिलेकाको संख्या ५० हजार रहेको र सच्याएर खातामा रकम पठाउने काम भइरहेको बिक्री प्रबन्धकको भनाइ छ ।
कम्पनीले आयोजना प्रभावित दोलखावासीका लागि साउन १६ देखि भदौ २१ गतेसम्म १ करोड ५ लाख ९० हजार कित्ता सेयरका लागि निवेदन आह्वान गरेको थियो ।

अति प्रभावित ‘क’ वर्गका ३० कित्तादेखि १०० कित्ता माग गर्ने आवेदकले मागबमोजिम पाएका थिए भने ११० देखि ३०० कित्ता माग गर्नेले १०२ कित्ताका दरले सेयर पाएका थिए । यस्तै ‘ख’ वर्गका ३० कित्ता माग गर्नेले ३० किता ४० कित्ता माग गर्नेले ३२ कित्ता र ५० देखि ३०० कित्ता माग गर्नेले ४८ कित्ता पाएका थिए । ‘ग’ वर्गका ३० कित्ता माग गर्ने लगानीकर्ताले ३० कित्ता, ४० कित्ता माग गर्नेले ३२ कित्ता र सोभन्दामाथि अवेदन गर्नेले ३४ कित्ता पाएका थिए ।

प्रकाशित : १२ मंसिर २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह