Logo

Banner-news

पूँजीबजार सुधारको माग राख्दै आमरण अनशन, अनशनको प्रभाव बजारमा पर्ला ?


appharu
   २ पुस २०७५, सोमबार


काठमाडौँ । पूँजीबजारको सुधारको माग राख्दै आएका शेयर लगानीकर्ता दबाव समूहले सोमदेखि आमरण अनशनलगायतका कार्यक्रम सार्वजनिक गरेका छन् ।

नेपाल स्टक एक्सचेञ्जको कार्यालय बाहिर दबाव समूहका संयोजक हरि ढकाल र सदस्य तिलक कोइरालाले आमरण अनशन सुरु गरेका छन् । दबाव समूहले विगत आठ दिनदेखि रिले अनशन गर्दै आएका थिए ।

उनीहरूले पूँजीबजार सुधारको मागमा सरकार र सरकारी निकायले ध्यान नदिएको गुनासो गरेका हुन ।
दबाव समूहका संयोजक ढकालले पूँजीबजारको सुधार गरी लगानीकर्ताको लगानी संरक्षण गर्नुपर्ने र लगानीको वातावरण बनाउनुपर्ने आफुहरूको माग रहेको बताए ।

लगानीकर्ताले पूँजीबजारको वृहत्तर हितका लागि अत्यावश्यक ऐन, नियम र कानूनसमेत समयमा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । सरकारले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठन गरेको कार्यदलले अर्थमन्त्री डा युवराज खतिवडालाई प्रतिवेदन बुझाउने तयारी गरेको बुझिएको छ ।

प्रकाशित : २ पुस २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह