Logo

Banner-news

ब्याट्री समस्याले हैरान हुनुहुन्छ ? ओप्पोको सुपर–भोक चार्जिङले समाधान दिनेछ


appharu
   १७ पुस २०७५, मंगलबार


काठमाडौं । अत्याधुनिक प्रविधिको आजको यूगमा पनि ब्याट्री सम्बन्धि समस्याले स्मार्टफोन प्रयोगकर्ताहरुलाई उत्तिकै पिरोल्ने गरेको छ । अत्यावश्यक अवस्थामा फोनको ब्याट्री सकिने समस्याबाट सम्भवतः हामी सबै अभ्यस्त छौँ । ब्याट्री समस्या झेल्न नपरोस् भन्ने सोचका साथ हामी मध्य अधिकांश अझैपनि पावर बैंक तथा चार्जर साथमै बोकेर हिँड्छौँ । कुनै ठाउँमा आराम गर्दा चार्जिङ पोर्ट खोज्नु हामी मध्य अधिकांशको बानी झैँ भइ सकेको छ ।

यस्तै अवस्थालाई दृष्टिगत गर्दै समाधान दिने सोचका साथ सन् २०१४मा ओप्पोले आफ्नो ‘प्रोप्राइटरी ¥यापिड चार्ज’ प्रविधि, भोक फ्ल्याश चार्जको घोषणा गर्दा धेरैका लागि खुशीको खबर बन्न पुग्यो । साधारण ५भी÷१ए चार्जरका तुलनामा भोक फ्ल्याश चार्जले चार गुणा तिब्र गतिमा चार्जिङ सुविधा दिने क्षमता राख्छ । यही क्षमताका कारण ओप्पोको यो प्रविधिले निकै लोकप्रियता समेत पायो । ब्राण्डका अनुसार हाल विश्व बजारमा १० करोड भन्दा बढी यो प्रविधि सुसज्जित फोनहरु बिक्री भइसकेका छन् ।

कम्पनीको प्रगति यती मै रोकिएन । सन् २०१६मा कम्पनीले भोकको परिस्कृत भर्जन सुपर भोक प्रविधि सार्वजनिक गर्यो । अहिले विश्वबजारमा स्मार्टफोनका लागि यो नै सर्वाधिक तिब्र गतिमा चार्जिङ सुविधा उपलब्ध गराउने प्रविधिका रुपमा विद्यमान छ ।

सुपर भोक पूर्ण सुरक्षित

तिब्र गतिमा चार्जिङ सुविधा उपलब्ध गराउने १०भी÷५ए (५० वाट)को सुपर भोक चार्जर प्रयोगका लागि सुरक्षित छ त ? विद्युतिय उत्पादनको सुरक्षा परिक्षण गर्ने अग्रणी जर्मन संस्था टीयूभी ¥हायनल्याण्डले यो प्रविधि वास्तवमै सुरक्षित रहेको प्रमाणित गरेको छ ।

टीयूभी ¥हायनल्याण्डले गरेका विभिन्न चरणबद्ध परिक्षणले ओप्पोको आर१७ प्रोमा उपलब्ध सुपर भोक प्रविधि ‘हेभी ड्यूटी’ मात्र नभइ चार्जिङ कार्यका लागि वास्तवमै निकै तिब्र र सटिक प्रविधि रहेको प्रमाणित गरिदिएको छ । संस्थाद्वारा आयोजित परिक्षणमा फोनको ब्याट्री लेभल मात्र १० मिनेटको चार्जमा ४० प्रतिशत सम्म पुगेको जानकारी दिइएको छ ।

उदाहरणका लागि सोच्नुस्, एका विहानै तपाई कुनै अत्यावश्यक मिटिङमा जानु पर्नेछ । तर, तपाईको फोनको ब्याट्री मिटरले जम्मा १०% ब्याट्री बाँकी रहेको बताइरहेको छ । यस्तोमा तपाईँले आफ्नो विहानीको कफी पिउँदै गर्दा फोनको ब्याट्री ५० प्रतिशत सम्म चार्ज गर्न सक्नु हुनेछ ।

यो प्रविधि निरन्तर काममा ब्यस्त रहने तथा कामका लागि फोनको अटूट प्रयोग गरिरहनु पर्नेहरुका लागि वरदान नै हो । नेपालमा पनि मध्य दिसेम्बरमा सार्वजनिक सुपर भोक सुसज्जित आर१७ प्रोले स्मार्टफोन प्रयोगकर्ताहरु माझ निकै लोकप्रियता र चर्चा कमाइरहेको छ ।

स्मरण योग्य कुरा, टीयूभीले अहिले सम्म मात्र ३ ओटा मोबाइल फोन प्रविधि÷उत्पादनलाई मात्र मान्यता प्रदान गरेको छ । ती मध्य दूई ओटा ओप्पो आर१७ प्रो र फाईन्ड एक्सका लागि सुपर भोक फ्ल्यास चार्ज रहेका छन् ।

प्रकाशित : १७ पुस २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह