Logo

Banner-news

‘सालको पात’ले उछिन्यो ‘उही खोलीमा पानी’लाई ! ‘भ्युअर्स’ २ करोड नाघे


appharu
   २६ पुस २०७५, बिहिबार


काठमाडौं । नेपालमा लोकदोहोरी गीतको क्रेज  निकै बढेको छ । लोकगीतमा सबैभन्दा बढी चलेको उही खोलीको पानीको रेकर्ड पछिल्लो समय सालको पातले ब्रेक गरेको छ ।

लोकदोहोरी गीत ‘सालको पातको टपरी हुनी’ ‘म्युजिक भिडियो’ युट्युबमा २ करोड पटक हेरिएको छ । यसअघि १ करोड १० लाखले हेरेको गीतका रूपमा उही खोलीमा पानी रहेको थियो ।

लाेक शैलीका चलचित्रका गीतले भने ५ करोडभन्दा बढी भ्यूअर पाइसकेका छन् ।

गत असोजमा युट्युब च्यानलबाट सार्वजनिक भएको सालको पात गीत दर्शकबीच लोकप्रिय भएर चार महीना नपुग्दै २ करोड बढी दर्शक पाएको हो ।

नवराज पन्तको शब्द, वसन्त थापाको सङ्गीत रहेको गीतमा कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वर छ । यिनै चार सर्जक, कलाकार मिलेर विसं २०६८ मा ल्याएको लोकदोहोरी गीत ‘डाँडै फुर्के सल्लो’ पनि त्यसताका निकै चर्चित बनेको थियो ।

‘सालको पातको टपरी हुनी’ छोटो अवधिमा युट्युबमा धेरै हेरिएको लोकदोहोरी गीत हो ।

युट्युब बाहिर पनि गीतको लोकप्रियता उत्तिकै बढेको छ । रचना, स्वर र सङ्गीत तीनै पक्ष स्रोताले निकै रुचाएका छन् । ‘म्युजिक भिडियो’ ले युट्युबमा दर्शक तानेको छ । सरल शब्द, मौलिक भाखा र सुरिलो स्वर गीतको विशेषता हो ।

‘एक लाख ‘सबसक्राइबर’ गेपछि उक्त च्यानलले अवार्ड समेत पाएको छ भने युट्युबबाट च्यानल भेरिफाइड भएको छ ।

प्रकाशित : २६ पुस २०७५, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह