Logo

Banner-news

विश्वकै धनाढ्य बेजोसको डिभोर्सपछिको चर्चाः होला त सम्पत्ति आधा–आधा ?


appharu
   २८ पुस २०७५, शनिबार


वासिङ्टन । अन्ततः वैवाहिक सम्बन्ध विश्वकै धनाढ्य जेफ बेजोसलाई समेत फापेन । अमेजनका सीईओ जेफ बेजोस र उनकी पत्नीले यसै साता सम्बन्ध–विच्छेदको योजना घोषणा गरेपछि विश्वभर यसको ठूलो चर्चा छ ।

धेरैले यसबाट के बेजोसको सम्पत्ति आधा आधा होला त भन्ने चर्चा गरेका छन् । डिभोर्सको अर्थ उनको व्यवसायका लागि के होला भन्ने चासो सर्वत्र छ ।

समाचारहरुमा जनाइएका अनुसार जेफ अझै पनि कम्पनीकै ठूलो सेयर होल्डरका रूपमा रहेका छन् । कम्पनीको २०१८ को विज्ञप्तिअनुसार उनको कम्पनीमा हालसम्म पनि १६.३ प्रतिशत सेयर छ । उनले अन्तरिक्ष कम्पनी ब्लू अरिजितको स्थापना गरेका छन् र म्याकिन्जीसँगको २५ वर्षको वैवाहिक अवधिमा वासिङ्टन पोस्ट पनि किनेका छन् ।

अमेजनको मुख्यालय रहेको र बेजोसको घर पनि रहेको वासिङटनमा यो जोडीले सम्बन्ध विच्छेदनका लागि दर्ता गराएका छन् । जोडीको वैवाहिक अवधिमा भएका सबै सम्पत्ति र ऋणमा श्रीमान्–श्रीमती दुवैको बराबार अधिकार र जिम्मेवारी रहन्छ ।

प्रिनुप्टियल सम्झौता नभएको अवस्थामा कानुनअनुसार यी सबै सम्पत्ति बराबरी रूपमा बाँड्नुपर्छ । यी जोडीबीच यस किसिमको कुनै सम्झौता भए÷नभएको विषयमा कुनै जानकारी आएको छैन ।
सियाटलका डिभोर्स वकिल डेभिड स्टार्कसले बराबरी बाँडफाँडको अर्थ सम्पत्ति आधा–आधा हुन्छ भन्ने नलाग्ने बताएका छन् ।
विशेष अवस्थामा लामो अवधिसम्म दुवैको समान जिम्मेवारी होस् भन्नका लागि अदालतले प्रयास गर्ने स्टार्कसले बताएका छन् । यदि जोडीका एक सदस्यको बढी आम्दानीको सम्भावना भएमा उक्त व्यक्तिले थोरै सम्पत्ति पाउने छ ।

बेजोस जोडीको हकमा जेफको सम्पत्ति १३७ अर्ब डलर छ । अदालतले सम्भवतः यो सम्पत्ति बाँड्न सक्नेछ ।

प्रकाशित : २८ पुस २०७५, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह