Logo

Banner-news

सिक्टामा विवादित कालिकाले ७ महिनाअघि नै बनायो बसपार्क, सरकारले गर्‍यो सम्मान !


appharu
   २८ पुस २०७५, शनिबार


काठमाडौं । सिक्टा सिँचाइ आयोजनामा विवादित बनेको कालिका कन्स्ट्रक्सनको ट्रयाक रेकर्ड अन्यत्र भने निकै राम्रो छ । सिक्टामा अनियमितता गरेको भन्दै अख्तियारले कालिकाविरुद्ध मुद्दा हालेको छ ।

तर, निर्धारित समयावधिभन्दा सात महिनाअघि निमार्ण कार्य सम्पन्न गरेकोमा कालिका कन्स्ट्रक्सन प्रा.लि.लाई सम्मान गरिएको छ । कालिकाले सुनसरीको इनरुवामा तोकिएको समयभन्दा सात महिना अगावै बासपार्कको निर्माण कार्य सम्पन्न गरेको हो ।

तराईका सदरमुकाम क्षेत्रमा विभिन्न विकास निर्माणका काम गर्ने सरकारको नीति अनुसार स्मार्ट सिटी कार्यक्रममा बसपार्क निमार्ण भएको इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले जानकारी दिए ।

इनरुवा बसपार्क र सडक लगायत कालिका कन्ट्रक्सनले बनाएका संरचनाको उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले उद्घाटन गरेका थिए । एक विघा क्षेत्रफलमा एक वटा टर्मिनल भवन, प्रतिक्षालय, सवारी मर्मत केन्द्र, रेष्टुरेण्टहरु निमार्ण गरिएको छ ।

कालिका कन्ट्रक्सन कम्पनीले ठेक्का लिएर बनाएको नवनिर्मित बसपार्क र सडक इनरुवा नगरपालिका सुनसरीलाई हस्तान्तरण गरेको छ । हस्तान्तरण कार्यक्रममा कालिका कन्ट्रक्सनले तोकिएको समय अगावै संरचना बनाएको भन्दै सम्मान समेत गरियो ।

इनरुवा नगरपालिकास्थित विभिन्न सडक, सौर्यबत्ती, नवनिर्मित बसपार्क निर्माण सम्पन्न गरी प्रतिवेदन सहित संघीय आयोजना कार्यान्वयन इकाइ मोरङले इनरुवा नगरपालिकालाई हस्तान्तरण गरेको इकाइ आयोजनाका प्रमुख उज्जवल प्रसाइले जानकारी दिए ।

अहिले समयमा काम नसक्ने प्रचलन बढिरहेका बेला कालिकाले समय अगावै निर्माण सम्पन्न गरेर सरकारलाई बुझाएपछि सरकारले सम्मान गरेको हो । कालिकाले बसपार्कको दुई तले टर्मिनल भवन, २ सय ३० ओटा सडक सौर्यबत्ती लगायतका संरचना बनाएर नगरपालिकालाई हस्तान्तरण गरिएको प्रसाइले बताए ।

बसपार्कसहित १ अर्ब २ करोड २५ लाख ३४ हजारको लागतमा ती संरचना बनाइएको हो । सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राई लगायत जनप्रतिनिधिको उपस्थितिमा बसपार्कको उद्घाटन गरिएको थियो ।

बसपार्क समयानुकुल र प्रविधिमैत्री रुपमा निर्माण भएको निर्माण कम्पनीले जनाएको छ ।

प्रकाशित : २८ पुस २०७५, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह