Logo

Banner-news

भेनेजुयला प्रकरणमा कांग्रेस– नेपालले मोदुरोलाई समर्थन गर्नुपर्ने कुनै कारण छैन


appharu
   १९ माघ २०७५, शनिबार


काठमाडौं । नेपाली कांग्रेसका नेता डा. रामशरण महत ले भेनेजुएला प्रकरणबारे नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्र मन्त्रालयले मोदुरो सरकारलाई पूरा समर्थन गरेर वक्तव्य निकाल्नु गलत भएको बताएका छन् ।

परराष्ट्र मन्त्रालयले पनि प्रचण्डलाई नै समर्थन गरेको र बाहिर देखाउँदा त्यसलाई रिफाईन गरेर, ईडिटिङ गरेको जस्तोमात्र देखिएको उनको भनाइ छ ।

शनिबार रिपोर्टर्स क्लबमा उनले भने– मुल कुरो यहाँहरुलाई जानकारी भएकै कुरो हो कि–भेनेजुएला तेलको अत्यन्तै धनी मुलुक हो । संसारका जुन जनु मुलुक तेलका धनी छन्, अत्यन्तै सम्पन्न भएका छन् । तर, भेनेजुएला भन्ने त्यस्तो मुलुक हो, जहाँ चाही जनताले खान नपाएर, औषधोपचार नपाएर र मुल्य वृद्धि अकाशिएर ८० हजार प्रतिशत मुल्यवृद्धि, त्यस्तो दुरदशा छ ।
भेनेजुएलाका ३० लाख जनता त गएको तीन वर्ष यता खान नपाएर, औषधी उपचार नपाएर र मुल्यवृद्धि धान्न नसकेर छिमेकी मुलुकहरुमा गैसकेको पनि महतले सुनाए ।
महतले भने– २ पाउण्ड मासु किन्नको लागि एक महिनाको तलब लाग्छ, त्यहाँको कम्युनिष्ट शासन त्यस्तो छ । समाजवादको नाममा त्यस्तो दुर्दशा छ, चुनाव हुँदा प्रमुख प्रतिपक्षी दललाई प्रतिबन्ध लगाईएको पनि उनले सुनाए ।

महतले थपे– प्रतिपक्षी दललाई त चुनाव नै लड्न नदिने ? अनि चुनावमा एकजनाले दश चोटी मत हाल्दापनि हुने, औंलामा कालो रंग लगाउने व्यवस्था नै हटाईदियो । धाँधली गरेर त्यहाँ चुनाव भएको छ । त्यसकारण यत्रो क्राईसिसको समयमा युएनले ईन्टरफेरेन्स गर्न सक्छ । त्यसलाई मानवीय हस्तक्षेप भन्छ । अब यस्तो बखतमा हामीले चाहीँ त्यहाँ निश्पक्ष चुनाव हुनुपर्छ, ईन्टरनेश्नल मोनिटिरिएङ र युएनको सुपरभिजनमा चुनाव हुनुपर्छ भन्ने खालको अभिव्यक्ति दिएको भए त्यसलाई कसैलेपनि आपत्ति गर्नुपर्ने खालको स्थिति थिएन ।

नेपाल सरकारले निकालेको वक्तव्यका कारण अमेरिकी सरकार रिसाएको आफूले सुनेको पनि महतले सुनाए । उनले भने– हिजो सरकारको कुटनीतिक ब्रिफिङमा अमेरिकाका राजदुतपनि आएनन् । हामीले उनीहरुलाई चिढ्याउनुपनि जरुरी थिएन । अब उनीहरुलाई पनि सम्झाएर हाम्रो पोजिसन यो हो भनेर अलिकति सन्तुलित ढंगले बोल्नुपर्दथ्यो । र, चाहीँ अहिले भेनेजुएलाको सरकारलाई समर्थन ठीक छ भन्नु त्यो विल्कुलै ठीक होईन । किनभने त्यहाँ ठूलो मानवीय संकट छ । र, धाँधली भएर चुनाव भएको छ । प्रतिपक्षको मुख बन्द गरिएको छ । त्यसलाई समर्थन गर्ने भन्ने कुरा निश्चय नै उचित होईन् ।’

प्रकाशित : १९ माघ २०७५, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह