Logo

Banner-news

मेलम्चीमा इटालियन ठेकेदारलाई फर्काउन मन्त्री मगरको जवर्जस्ती किन ?


GDP Nepal
   २९ माघ २०७५, मंगलबार


काठमाडौं । खानेपानी मन्त्री वीना मगरले मेलम्चीबाट बाहिरिएको इटालियन कम्पनी सीएमसीलाई नै फर्काउन जबर्जस्ती गरेको घटनाले मन्त्रालय र मेलम्ची खानेपानी आयोजना विकास समितिका अधिकारीहरु नै आजित भएका छन् ।

मेलम्चीको बाँकी काम पूरा गर्न सब कन्ट्रयाक्टरहरुलाई जिम्मा दिन दातृ निकाय एसियाली विकास बैंकसमेत सहमत भइसके पनि मन्त्री मगरको ढिपीका कारण आयोजनामा अन्योल थपिएको छ ।

कारबाही गरिएको कम्पनीलाई नै जिम्मेवारी दिन मन्त्री मगरले आफ्ना स्वकीय सचिवसहित केही अधिकारीलाई वार्ताका लागि सिंगापुर पठाएकी छन् । यता ठेक्का सम्झौता तोडिएको पत्र पठाइरहँदा उता भने पुनः काममा फर्काउनेगरी वार्ता भइरहेको थियो ।
सीएमसीसँगको ठेक्का सम्झौता खारेज गरिसकेपछि पनि सरकारले काममा फर्काउने गरिरहेको कसरतलाई धेरैले अस्वाभाविक रूपमा लिइरहेका छन् ।

तर, मन्त्री मगर भने अर्को कम्पनीलाई ठेक्का दिँदा आयोजनाको काम सम्पन्न गर्न थप समय र लागत बढ्ने तर्क गरिरहेको छ ।
इटालीमा माउ कम्पनी समस्यामा परेपछि नेपालबाट सीएमसीका अधिकारीहरु स्वदेश फर्कंदा विमानस्थलबाट पक्राउ गरेको थियो ।


मन्त्रालयले कानुनी दृष्टिले धरौटी जोगाउन ठेक्का तोड्ने निर्णय गरे पनि सीएमसीसँग सहकार्यको ढोका बन्द नभएको प्रतिक्रिया दिएको छ ।


यता, समितिले भने ठेक्का सम्झौता खारेज भइसकेको सीएमसीलाई फिर्ता ल्याउन नसकिने प्रतिक्रिया दिएको छ । मन्त्रालय र समितिबीच नै सीएमसीलाई फेरि काममा फर्काउने या नफर्काउने भन्ने विषयमा विवाद देखिएको छ ।

सीएमसीसँग मन्त्रालयले वार्ता गरेको विषयमा समिति भने अनविज्ञ छ । मन्त्रालयका कर्मचारीहरू पनि फिर्ता भइसकेको सीएमसीलाई पुनः ल्याउन भइरहेको चलखेलप्रति असन्तुष्ट छन् र मन्त्री मगरको आलोचना गर्न थालेका छन् ।

प्रकाशित : २९ माघ २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह