Logo

Banner-news

१९ हाइड्रोमा जनतालाई १ खर्बको सेयर, लाभांश नपाए बैंकसरह ब्याज पाइने !


GDP Nepal
   २ फाल्गुन २०७५, बिहिबार


काठमाडौं । सरकारले सबै नेपाली नागरिकलाई जलविद्युत आयोजनाको सेयरधनी बनाउने भएको छ । यसका लागि १ खर्ब २ अर्ब २८ करोड रुपैयाँ बराबरको सेयर दिने तयारी भएको छ ।

जनताले जलविद्युत आयोजनाको सेयरबाट लाभांश नपाए बैंकले दिनेबराबरको ब्याज सरकाले नै दिने भएको छ । आयोजनामा सेयर हालेपछि प्रत्येक वर्ष बंैकसरह ब्याज दिने ऊर्जामन्त्री वर्षमान पुनले प्रतिबद्धता जनाएका छन् ।

निजी क्षेत्रबाट निर्माण गरिएका जलविद्युत् आयोजनाको प्रतिफल सर्वसाधारणले वर्षौंसम्म नपाइरहेको बेला सरकारले भने आकर्षक अफर ल्याउन लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार काठमाडौंमा जनताको जलविद्युत् आयोजना नामक कार्यक्रम सार्वजनिक गदैैछन् । सोही कार्यक्रम अन्तर्गत यस्तो घोषणा गर्न लागिएको जनाइएको छ ।

‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युत्को सेयरधनी’ भन्ने नारा यसअघि नै सरकारले सार्वजनिक गरिसकेको छ । सोही नारा कार्यान्वयनका लागि ऊर्जा मन्त्रालयले ३ हजार ४ सय ७९ मेगावाट बराबरका १९ जलविद्युत् आयोजनामा नेपालीलाई सेयर दिन लागेको हो ।


१९ वटै आयोजनामा सर्वसाधारणको ४९ प्रतिशत सेयर रहने छ । जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले तयार पारेको अवधारणापत्रअनुसार सबै आयोजनाको कुल लागत ६ खर्ब ९५ अर्ब ८० करोडमध्ये स्वँपुजी २ खर्ब ८ अर्ब ७४ करोडमध्ये ५१ प्रतिशत सरकारी संस्थान वा कम्पनीबाट र ४९ प्रतिशत सर्वसाधारणबाट लगानी जुटाउने लक्ष्य छ ।

प्रकाशित : २ फाल्गुन २०७५, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह