Logo

Banner-news

विजयकुमारको प्रश्नः सेयर बजार सुधार्ने औकात भएको कोही समृद्धिलाल सरकारमा छ ?


GDP Nepal
   ७ फाल्गुन २०७५, मंगलबार


काठमाडौं । पत्रकार विजयकुमार पाण्डे सामान्यतया आर्थिक विषयमा त्यति आफ्नो धारणा राख्दैनन् । राजनीतिक र सामाजिक विषयमा तिखो टिप्पणी गर्ने पत्रकार पाण्डेले सोमबार गिर्दो सेयरबजारबारे पेचिल्लो टिप्पणी गरेका छन् ।

पाण्डेले अत्यन्तै खाराब अवस्थामा पुगिसकेको सेयर बजारको परिसूचक सुधार्ने हैसियत भए देखाउन खुला चुनौति पनि दिएका छन् । सरकारले समृद्धिका कुरा गर्ने तर व्यवहार भने ठिक उल्टो भएकाले उनले सरकारका केही मन्त्रीलाई समृद्धिलालको संज्ञा पनि दिएका छन् ।

अर्थमन्त्री डा. युवराज खतिवडाको गलत सोच र व्यवहारका कारण सेयर बजार खस्केको आम लगानीकर्ताले आरोप लगाउँदै आएका छन् । पत्रकार पाण्डेले विगत ३ वर्षयताकै न्यून बिन्दुमा सेयर बजार पुगेको समाचारलाई उधृत गर्दै लेखेका छन्–

नेपालको शेयर बजार बिगत तिन बर्षमा सबैभन्दा न्युनतम बिन्दुमा झरेको समाचार छ । अत्यन्तै खराब यो आर्थिक परिसुचकमा सुधार ल्याउन सक्ने औकात भएको कोहि समृद्धिलाल सरकारमा छ भने सौर्य देखाउँदा हुन्छ ।
कि पशुपति प्रसादको गीतबाटै काम चलाउनु पर्ने हो ?

यसरी सेयरबजारका सम्बन्धमा पत्रकार पाण्डेको यस्तो टिप्पणी यतिबेला सामाजिक सञ्जालमा निकै चर्चित छ । विजयकुमारको यो ट्वीट यो समाचार तयार पार्दासम्म १७८ पटक रिट्वीट भएको छ भने १०५५ जनाले मन पराएका छन् । यस्तै, ३९ जनाले जवाफ दिएर सहमति जनाएका छन् ।

पत्रकार पाण्डेको ट्वीटको स्क्रीनसट फेसबुक र म्यासेञ्जरमा पनि उत्तिकै भाइरल भइरहेको छ ।

प्रकाशित : ७ फाल्गुन २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह