Logo

सूचना/प्रविधि

देशभरका १० हजार किशोरीलाई ‘स्मार्ट छोरी’ बनाउने खल्तीको अभियान


GDP Nepal
   ८ फाल्गुन २०७५, बुधबार


काठमाडौं । मुलुकभरका १० हजार किशोरी र महिलाहरुलाई डिजिटल तथा वित्तिय साक्षरता प्रदान गर्ने उद्धेश्यका साथ खल्ती डिजिटल वालेटले बुधबारदेखि स्मार्ट छोरी अभियान सुरु गरेको छ ।

देशव्यापी रुपमा संचालित यस अभियानले किशोरी र महिलाहरुमाझ पुगेर उनीहरूको जीवन र समुदायमा परिवर्तन ल्याउने लक्ष्य राखेको छ ।
नेपालको सन्दर्भमा हेर्ने हो भने अझै पनि घरका अधिकांश निर्णयहरु पुरुष सदस्यले मात्रै लिने गरेको पाइन्छ । साथै, हाम्रो देशमा पुरुषको तुलनामा महिलामा बेरोजगारीको समस्या धेरै छ ।

डिजिटल सीपको अभाव नै उनीहरुको क्यारियर अगाडि नबढ्नुको एउटा अड्चनको रुपमा देखिएको छ । स्मार्ट छोरी अभियानले उनीहरुलाई बिभिन्न जीवन उपयोगी सीप प्रदान गरी क्षमता अभिबृद्धि गर्ने र सशक्तीकरणमा टेवा पु¥याउने लक्ष्य लिएको जनाइएको छ ।

स्मार्ट छोरी खल्ती एप भित्र संचालित एउटा ई–लर्निङ प्लाटफर्म हो जहाँ सहभागिहरुले सुचना तथा सञ्चार प्रविधीको सहि सदुपयोग गर्न सिक्नुका साथै डिजिटल भुक्तानी, अन्लाईन सुरक्षा र वित्त व्यबस्थापन लगायतका कुराहरु सिक्नेछन् ।

स्मार्टफोन बोक्ने र इन्टरनेटको पहुँचमा रहेका १५देखि ३५ वर्ष उमेर समूहका नेपाली किशोरी तथा महिलाहरु यो अभियानमा सामेल हुन सक्नेछन् ।

अभियानले किशोरी र महिलाहरुमा ज्ञान र शीप प्रदान गर्नेछ जसले गर्दा उनीहरु आँफैमा स्वरोजगार भई आत्मनिर्भर बन्न, बचत गर्ने बानी बिकास गर्न र आफ्नो समुदायमा उदाहरणिय व्यक्तित्व बन्न सक्नेछन् ।

अभियानको घोषणा गर्दै ‘खल्ती’का निर्देशक तथा ’स्मार्ट छोरी’का संयोजक अमित अग्रवाल ले भने– पछिल्लो समयमा डिजिटल नेपाल र स्मार्ट सिटीका बारेमा धेरै चर्चा हुन थालेको छ । तर अधिकांशको ध्यान भौतिक पूर्वाधार विकास गर्नेतर्फ मात्रै छ । भौतिक पूर्वाधारको विकासले मात्रै डिजिटल नेपाल कदापि सम्भव छैन । यसका लागि डिजिटल साक्षर जनशक्ति र जनसहभागिता उत्तिकै आवश्यक पर्छ । दक्ष जनशक्तिको कुरा गर्दा आधाभन्दा बढी जनसंख्या भएका महिलाहरुको भूमिका अझै प्रभावकारी बनाउनुपर्ने देखिन्छ ।

नेपालको गाउँगाउँमा जसरी महिला स्वास्थ्य स्वयंसेविकाहरु सामुदायिक स्वास्थ्य सेवाको मेरुदन्डका रुपमा काम गरिरहेका छन् । त्यसैले इन्टरनेट प्रविधीको प्रयोग मार्फत मानिसको जीवन सरल परिवर्तनको संवाहकका रुपमा सहभागि गराउन आवश्यक रहेको उनको भनाइ छ ।
यस अभियानले नेपाल सरकारको स्मार्ट सिटि र डिजिटल नेपालको सपनालाई टेवा पुर्याउने अग्रवालको विश्वास छ ।

स्मार्ट छोरी अभियानमा कसरी सहभागी हुने ?
१५ देखि ३५ वर्षसम्मका किशोरी तथा महिलाहरुले ‘खल्ती डिजिटल वालेट’ एप डाउनलोड गरी उक्त एपको गृह पृष्ठमा दिइएको ‘स्मार्ट छोरी’ ब्यानरमा क्लिक गरी यो अभियानमा जोडिन सक्नेछन् । यो इ(लर्निङ प्लाटफर्म महिला प्रयोगकर्ताहरुलाई मात्रै उपलब्ध छ । खल्ती एप गुगल प्ले स्टोर तथा एप स्टोरमा गई खल्ती टाइप गरेर वा khalti.com/download मार्फत डाउनलोड गर्न सकिन्छ ।

प्रकाशित : ८ फाल्गुन २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह