Logo

Banner-news

सामसुङको फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन, मूल्य– २ लाख २५ हजार


GDP Nepal
   ९ फाल्गुन २०७५, बिहिबार


सानफ्रान्सिस्को । कोरियाली कम्पनी सामसुङले फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । विश्वमै फोल्ड गर्न मिल्ने मोबाइल निर्माण गर्ने सामसुङ पहिलो कम्पनी पनि भएको छ ।
तीब्र प्रतिस्पर्धाका कारण मोबाइलको बिक्री घट्न थालेपछि चिन्तित देखिएको सामसुङले नयाँ विशेषता सहितको नयाँ फोन सार्वजनिक गरेको हो । यस फोनमा पाँचौं पुस्ता (फाइभ–जी) को तारविहीन टेलिफोन नेटवर्कमा समेत काम गर्नेछ ।


सामान्य स्मार्टफोन र ट्याबलेट दुबै स्वरुपमा विकास गरिएको नयाँ स्मार्टफोनमा कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) र अरु विशेषता थप गरिएको छ ।अमेरिकाको सान फ्रान्सिस्कोमा सार्वजनिक गरिएको यस फोनको नाम ग्यालेक्सी फोल्ड राखिएको छ । एउटै डिभाइसमा ४.६ इन्चको स्मार्टफोन र ७.३ इन्चको ट्याबलेट रहेको छ । यो स्मार्टफोन अप्रिल २६ तारिखबाट बजारमा आउनेछ । यसको मूल्य अमेरिकामा १ हजार ९८० अमेरिकी डलर रहेको कम्पनीले जनाएको छ । 


कम्पनीका जस्टिन डेनिसनले नयाँ उपकरणमा तीनवटा एप्स एकैसाथ चलाउन मिल्ने जानकारी दिए । “तपाईंले एकै समय युट्युबमा भिडियो हेर्न, यसका बारेमा साथीसँग अन्तरक्रिया गर्न तथा यात्राका लागि नयाँ गन्तव्यको खोजी गर्न सक्नुहुन्छ,” उनले भने ।


समारोहमा सामसुङले ग्यालेक्सी एस–१० को नयाँ मोडेल पनि सार्वजनिक गरेको छ । यो स्मार्टफोनमा पाँचौं पुस्ता (फाइभ–जी)को तारविहीन टेलिफोन नेटवर्कको प्रयोग गर्न सकिन्छ । 
सामसुङका अन्य प्रतिस्पर्धीले अर्को साता शुरु हुने मोबाइल वल्र्ड कङ्ग्रेसमा फाइभ–जी मोबाइल सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित : ९ फाल्गुन २०७५, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह