Logo

Banner-news

प्रदेश–२ मा ३ घन्टामै उद्योग दर्ता, २० वर्षसम्म कर छुट, जग्गा पनि सरकारले नै खोजिदिने !


GDP Nepal
   ६ चैत्र २०७५, बुधबार


काठमाडौं । प्रदेश नं. २ सरकारको मन्त्रिपरिषदले त्यस क्षेत्रमा उद्योग खोल्नेलाई २० वर्षसम्म सबै कर छुट दिने निर्णय गरेको छ । यस्तै, ३ घन्टामै उद्योग दर्ताको काम सम्पन्न गर्ने तथा उद्योग क्षेत्रमा नियमित विद्युत आपूर्ति गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउत । तस्बिर तथा मोन्टाज साभार : अन्नपूर्ण पोष्ट


उद्योगमैत्री वातावरण स्थापना गर्ने, भूमी बैंकको व्यवस्था गरी उद्योगलाई चाहिने जग्गा सहज रुपमा उपलब्ध गराइदिने निर्णय पनि प्रदेश सरकारले गरेको छ ।

प्रदेश सरकारको यस्तो निर्णयलाई निजी क्षेत्रले ऐतिहासिक भनेको छ र यो व्यवस्था अन्य प्रदेशहरुको लागि समेत अनुकरणीय भएको जनाइएको छ । नेपाल उद्योग परिसंघले प्रदेश २ सरकारको निर्णयलाई स्वागत गरेको छ ।

परिसंघले अघिल्लो साता जनकपुरमा प्रदेश सरकारसँगको सहकार्यमा “प्रदेश नं. २ को समृद्धिको मार्गचित्र” विषयमा छलफल तथा अन्तरक्रियाको आयोजना गरेको थियो ।

अन्तरक्रियामा प्रदेश नं. २ का सम्पूर्ण मन्त्रीहरु, प्रदेशसभा सदस्यहरु, विभिन्न राजनैतिक दलका नेताहरु लगायत सबै जिल्लाका उच्चस्तरीय सरोकारवालाहरु समेतको सहभागिता थियो । जसमा उद्योग र कृषि बीचको अन्तर सम्बन्धलाई प्रदेश सरकारबाट जोड दिइ लगानीमैत्री वातावरण तयार गरिनु पर्ने कुरामा जोड दिइएको थियो ।

प्रदेश नं. २ को समृद्धिका लागि लगानी विस्तार गर्ने उद्देश्यले उक्त प्रदेश सरकारले गरेको निर्णयलाई कार्यान्वयनमा ल्याउन प्रदेश सरकारबाट यो कदमलाई तदारुकता साथ विद्यमान ऐन कानुनमा आवश्यक परिमार्जन, संशोधन, पुनर्लेखन गरी उद्योग र लगानीमैत्री वातावरण तयार गर्न समेत परिसंघले आव्हान गरेको छ ।

प्रकाशित : ६ चैत्र २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह