Logo

Banner-news

प्रधानमन्त्रीको अग्निपरीक्षाः अञ्जानवस जहाज होल्ड गर्ने कर्मचारीलाई कारबाही की धन्यवाद ?


GDP Nepal
   ८ चैत्र २०७५, शुक्रबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चढेको जहाज तीन साताअघि आकासमै होल्ड भएपछि छानबिन समिति बनाइयो र समितिले केही कर्मचारीलाई दोषी देखाउँदै कारबाही सिफारिस गरेको छ । गत फागुन २१ गते गृहजिल्ला झापाको तामझामपूर्ण यात्रा सकेर काठमाडौं फर्किँदा ओली चढेको बुद्ध एयरको जहाज केहीबेर आकाशमै होल्ड भएको थियो ।

प्रधानमन्त्रीले एक दिन भोगेको समस्या आम नेपाली यात्रुले दिनहुँ बेहोर्नुपरिरहेको छ । दैनिक हजारौं यात्रुले काठमाडौं वरपरको आकाशमा यसरी नै होल्डमा बस्नुपर्छ, विमानस्थलमा जहाज अवतरणको पालो नपाएर । तर, आम जनताको यस्तो समस्या समाधानका लागि आँखा चिम्लिने प्रधानमन्त्रीलगायतले एक दिन होल्डमा बस्नुपर्दा कर्मचारी दण्डित हुनुपर्ने घटनाले मुलुकमा अझै पनि जनताले प्रजातन्त्र आएको महशुस गर्न पाएका छैनन् ।

प्रधानमन्त्री भीभीआईपी हुन् तर उनले आम नागरिकसरह यात्रा गर्दा आकाशै खस्दैन । बरु, आम जनताले कत्तिको दुःख र पीडा बेहोरिरहेका छन् भन्ने उनले पनि महशुस गर्न पाएकोमा नागरिक उड्डयन प्राधिकरणका कर्मचारीलाई उनले धन्यवाद दिनुपर्ने हो ।

निश्चय पनि प्राधिकरणका कर्मचारीले प्रधानमन्त्री छन् भन्ने जानीजानी जहाजलाई आकाशमै होल्ड गराएका होइनन् । त्यस्तो गल्ती गरेको भए उनीहरुमाथि कारबाही स्वाभाविक पनि हुन्थ्यो । तर, प्रधानमन्त्री र सर्वसाधारणलाई समान नियम लागू गरेबापत उनीहरुले दण्डित हुनुपर्ने अवस्थालाई कसरी स्वाभाविक मान्ने ?

समितिको प्रतिवेदनमा अतिविशिष्ट व्यक्तिको आन्तरिक उडानमा प्राथमिकताको संवेदनशीलता ख्याल नगरेको भन्दै क्यान र सम्बन्धित एयरलाइन्सका कर्मचारीलाई विभागीय कार्वाही गर्न सिफारिश गरिएको छ । यसले क्यानका केही कर्मचारीको वृत्तिविकासमा निश्चय पनि असर पर्नेछ ।

यदि प्रधानमन्त्री केपी ओलीसँग अलिकति पनि विवेक छ भने उक्त कर्मचारीहरुमाथिको कारबाही सिफारिस फिर्ता लिएर अभूतपूर्व अनुभवका लागि उनीहरुलाई धन्यवाद दिनु आवश्यक छ । ओली आफैं पर्यटनमन्त्रीसमेत भएकाले यसमा उनकै भूमिका महत्वपूर्ण छ ।
भिभिआइपी सवार उडान हुने भए चालक दलले रेडियो सञ्चारमार्फत सो व्यहोरा सम्बन्धित एटिएस युनिटलाई अनिवार्य रुपमा जानकारी गराउनुपर्ने उल्लेख गरिएको छ ।

प्रकाशित : ८ चैत्र २०७५, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह