Logo

बिजनेस होम

बारा विपत्तिमा उद्योग वाणिज्य महासंघको साथ, तत्काल ५० लाखको राहत


GDP Nepal
   १९ चैत्र २०७५, मंगलबार


काठमाडौं । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले बारा र पर्सामा आइतबार साँझ आएको हावाहुरीबाट पीडितसमक्ष तत्काल राहत पु¥याउन ५० लाख रुपैयाँ बराबरको सहयोग गर्ने भएको छ ।

महासंघले सोमबार नै आकस्मिक बैठक राखि यस्तो निर्णय गरेको हो । बारा पर्सामा उद्दार र राहतका लागि धेरै संघसंस्था जुटे पनि महासंघले अहिलेसम्मकै ठूलो सहयोग घोषणा गरेको हो ।

महासंघले विपतमा परेको जनताको सहयोगार्थ तत्कालका लागि भन्दै ५० लाख रुपैयाँ मूल्य बराबरको राहत पठाउने निर्णय गरेको विज्ञप्तिमा जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ– विपत्तिको यस घडीमा महासंघ, नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश २ च्याप्टर, त्यस क्षेत्रका महासंघका सदस्य बारा र पर्सा उद्योग वाणिज्य संघहरूलाई अग्रभागमा रहेर जनताको सेवामा लाग्न अपिल गर्दछ ।

यस्तै, महासंघ विपत्तिमा परेका जनताहरूको सहयोगार्थ आ–आफ्ना क्षेत्रबाट सकेको सहयोग जुटाई त्यस क्षेत्रमा पठाउन मुलुकभर रहेका आफ्ना सबै सदस्य संघ÷संस्थाहरूलाई अपिल समेत गर्दछ । महासंघले विपत्तिमा परेका सर्वसाधारण जनतालाई धैर्यधारण गर्न आग्रह पनि गरेको छ । गर्दछ ।

प्रकाशित : १९ चैत्र २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह