Logo

Banner-news

तारागाउँ होटल प्रकरणबारे विजयकुमारको त्यो ट्वीटः जसविरुद्ध दर्जनौं पत्रकार खनिए !


GDP Nepal
   २० चैत्र २०७५, बुधबार


काठमाडौं । वरिष्ठ पत्रकार विजयकुमारले बुधबार बिहान एउटा ट्वीट गरे । प्रसंग थियो अहिले मिडियामा सर्वत्र चर्चामा रहेको हायात होटलको सरकारी सेयरमा भएको बदमासी र त्यस सम्बन्धमा होटलका तर्फबाट बुधबार विभिन्न राष्ट्रिय पत्रिकामार्फत जारी भएको श्वेतपत्र ।

यस्तो थियो ट्वीट–
केही समयदेखि बिबादमा रहेको तारागाउँ रेजेन्सी होटलसम्बन्धी आरोपलाई आज सो संस्थाले मारक जवाफ फर्काएको छ । नयाँ पत्रिका, गोर्खापत्र, नागरिक, कारोबार, अन्नपूर्ण, अभियान र कान्तिपुर दैनिकमा आज फर्काइएको जवाफले ‘वैश्य पत्रकारिता’ माथि केही प्रश्न खडा गरेको छ । फैसला अदालतले गर्ने नै छ ।

पत्रकार पाण्डेको यो ट्वीट बिहानैदेखि चर्चामा छ । ह्यात होटलमा भएको बदमासीमा सम्बन्धमा समाचार लेख्ने पत्रकारहरु पाण्डेविरुद्ध खनिएका छन् भने कतिपयले पुराना र व्यक्तिगत प्रसंग निकालेर पनि पाण्डेमाथि निरन्तर शब्दको प्रहार गरिरहेका छन् ।

हुन त उक्त ट्वीटअघि पाण्डेले त्रैलोक्यराज पाण्डेको ट्वीटका कोट गर्दै लेखेका छन्– दुई वा बढी व्यापरिक स्वार्थको टकराव बिजनेसको सामान्य प्रक्रिया हो । तर वैश्य युगमा, जब पत्रकारिता आफँै यी दुई विपरीत स्वार्थमध्ये एउटाको डुङ्गा एकहोरो खियाउन थाल्छन्, भ्रम हुन सक्छ ‘खोज पत्रकारिता’ हँुदैछ भनेर । खोज पत्रकारिता र पतवार पत्रकारिता नितान्त भिन्न कुरा हुन् ।’

यसरी तारागाउँ रिजेन्सी ह्यात होटलका सम्बन्धमा समाचार लेखिरहेका पत्रकारलाई र त्यसलाई प्रकाशित गर्ने पत्रिकाहरुलाई खोज पत्रकारिता नभै पीत पत्रकारिताको संज्ञा वरिष्ठ पत्रकारबाटै दिइनु सामान्य विषय पक्कै होइन ।

यसपछि पाण्डेप्रति लक्षित गर्दै कतिपय पत्रकारहरुको चुनौती र कतिपयको गाली सुरु हुन्छ ।
कान्तिपुरका कृष्ण ज्ञवालीले लेखेका छन्–
धृतराष्ट्रको नुनपानीका सामु भीष्म र द्रोण त मतिभ्रष्ट भए भने तिमी त कलियुगका चटकलाल हौ । कसैले अफर गरेको ‘एक पेग’प्रति अनुग्रहित भएर आजिवन चाकडी गर्ने तिमीले आजका मितीमा हामीलाई कम्तिमा ‘पत्रकारिता’ नसिकाएको राम्रो । खोज पत्रकारिता त अझ टाढाको कुरा…………..

पत्रकार ज्ञवाली अगाडि लेख्छन्– अँ साँच्ची तिम्रो असली अनुहार केही ठाँउमा देखेकै हो, खासगरी गोचो इजलासमा । तिमी कसरी लम्पसार परेका थियौं, अरु केही साक्षी बजारमा ज्यूदै छन् । आफ्नो पसिना बगाएर हिडिरहेको केटोलाई नजिस्काएको राम्रो..। तिम्रो भुकाईको उर्जाको स्रोत नै अमुक व्यक्तिको नुनपानी हो भन्नेमा स्पष्ट छु । साच्चै आत्मादेखि भूकेको भनेर दावी गछौं भने सम्बन्धित विषयवस्तुका कागजात लिएर आउनु, तर्कमा होइन, तथ्यमा आमने सामने भिड्न तयार छु । मोटा तर्क गर्ने होइन, कागजात चै ल्याउनुपर्छ नी…….।

ज्ञवाली यतिमा मात्र रोकिएनन्– पाठक प्रकरणमा मौन । निगमकाण्डमा मौन । यावत अरु बेथितीमा मौन । तारागाउँमा अनियमितता छ भनेर लेख्यो, आफूलाई बैश्य युगका साक्षात श्रीकृष्ण ठान्ने एक नटवरलाललाई ज्वरो आउदो रहेछ । आफ्नै पसिनामा बाच्न सिक बुढा । फोटकमा अरुको दाना–पानी खाएपछि अनुचित समयमा ज्वरो आँउछ ।

अर्का पत्रकार मणि दाहाल पनि पाण्डेको टिप्पणीविरुद्ध यसरी प्रस्तुत भएका छन्–
तपाईको २ख्ष्वबथपगmबचपय जीवनमा छाठा रिम्पोचेको आर्शीवाद बनेका राधेश्याम सराफले गल्ती गर्न सक्दैन भन्ने लाग्न सक्छ। तर तथ्यहरुले तारागाँउ हत्याउन सराफ र श्रेष्ठ परिवारले तिगडम फेहरिस्त छ। तारागाउँको ११ सञ्चालक समिति मध्ये श्रेष्ठ र सराफ परिवार ७ सहित १० जना उनीहरुको मानिस कसरी पुगे ?

विजयकुमारको पुस्तकको एक अंश उधृत गर्दै पत्रकार कृष्ण ढुंगाना लेख्छन्–
सराफका अनन्य मित्र विजयकुमार दाईले २ वटा ट्विटमार्फत् संकेत गर्नुभएको खास विषय एउटै छः अब उहाँका अनन्य मित्रहरु (खुशी पृष्ठः १६२) अदालत सेटिङतिर लागेका छन्। देशका ‘हू इज हू’हरु ’ल्यापडग’ बनेको यो प्रकरणमा अदालती चलखेलको ’वाच डग’ बन्ने अवसर ठिक अगाडि देखिरहँदा रोमाञ्चक लागिरहेछ ।

पत्रकार ज्ञवालीले त पाण्डेलाई यसरी चुनौती नै दिए
श्री आदरणयी ज्यू !
प्रतिस्पर्धी मिडियाको प्रमुख तपाँईले मेरो पेशागत कामको नियतमाथि प्रश्न उठाउनुभयो । ठिक छ ।
कि तथ्यगत रुपमा समाचार गलत भनी स्थापित गर्नुहोस, नियतमाथि प्रश्न उठाएकाले सप्रमाण पुष्टि गर्नुहोस् ।
नभए तपाँईको नियत र स्वार्थको छिट्टै भण्डाफोर गर्नेछु, सप्रमाण !

पाण्डेविरुद्धको ज्ञवालीको ट्वीटमा अर्का वरिष्ठ पत्रकार अच्युत वाग्लेले सही थाप्दै लेखेका छन्–
धेरै कडा भो कि कृष्ण जी ? पन्चायत कालामा राज्यप्रति ’जिम्मेवार पत्रकारिता गर्नेहरुलाई हामीले गुरु जो थापेका छौ, धेरै ति र ।

यस्तै, पत्रकारहरु सुन्दर खनाल, मातृका पौडेल, सावित्री गौतम, बिके संगम, अमृता लम्साललगायतले पनि पाण्डेप्रति व्यंग्य तथा आलोचना गर्दै पत्रकार ज्ञवालीलाई साथ दिएका छन् ।

प्रकाशित : २० चैत्र २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह