Logo

Banner-news

टीबीएम मेसिनले १७ महिनामै खन्यो भेरी–बबई सिँचाइको १२ हजार मिटर सुरुङ


GDP Nepal
   २२ चैत्र २०७५, शुक्रबार


काठमाडौं । प्रविधिको प्रयोगले नेपालको बहुचर्चित तथा बहुप्रतिक्षित भेरी बबई सिँचाइ आयोजनाको सुरुङ १ वर्ष अगावै निर्माण सम्पन्न गरेको छ ।

बाँके र बर्दियाका लागि बहुप्रतिक्षित राष्ट्रिय गौरवको यो आयोजना बहुउद्देश्यीय हो । नेपालमै पहिलोपटक टनेल बोरिङ मेसिनको माध्यमबाट सुरुङ खन्ने कार्य सुरु गरेर १७ महिना अवधिमा १२ हजार २ सय मिटर सुरुङ खनेर सो कार्य पूरा गरिएको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाले जनाएको छ ।

वि.सं. २०७४ साल कात्तिक २० गतेबाट टीबीएमद्वारा सुरुङ खन्न सुरु गरिएको र सन् २०२० मार्चभित्र सुरुङको काम सम्पन्न गर्ने लक्ष्य रहेकोमा एक वर्ष पहिले नै सुरुङ खन्ने कार्य पूरा गरिएको आयोजना प्रमुख सञ्जीव बरालले बताए ।

दैनिक ३० मिटरको हाराहारीमा सुरुङ खन्ने कार्य हुँदै आएको जनाउँदै उनले सुरुङ निर्माण कार्यमा करीब ७ सय नेपाली र ८० चिनियाँ कामदार चौविसै घण्टा खटिएका कारण पनि छिटो काम पूरा भएको जनाए ।

आगामी वैशाख ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सुरुङको ब्रेक थ्रु गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रकाशित : २२ चैत्र २०७५, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह