Logo

Banner-news

ट्रम्पले आप्रवासीलाई भने– हाम्रो मुलुक भरियो, तिमीहरु आफ्नै घर फर्क !


GDP Nepal
   २४ चैत्र २०७५, आइतबार


वासिङ्टन (एजेन्सी) । आप्रवासीप्रति निकै कठोर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि अर्को कडा र विवादास्पद अभिव्यक्ति दिएका छन् ।

राष्ट्रपति ट्रम्पले यसपटक दक्षिणी सीमामा रहेका आप्रवासीलाई लक्षित गर्दै कडा अभिव्यक्ति दिएका हुन् । उक्त क्षेत्रमा बढ्दो संख्यामा रहेको आप्रवासीलाई आफ्नो मुलुक भरिएकाले फर्कनका लागि चेतावनीसमेत ट्रम्पले दिएका छन् ।

डोनाल्ड ट्रम्प

ट्रम्पले यदि मेक्सिकोले मध्यअमेरिकी राष्ट्रबाट आउने आप्रवासीलाई नियन्त्रण नगरेमा अटोमोबाइलमा भन्सार लगाउने चेतावनीसमेत दिएका छन् ।

“तपाईंहरूलाई योभन्दा बढी लिन सक्दैनौं, लिन सक्दैनांै । हाम्रो मुलुक भरिइसकेको छ । योभन्दा बढी लिन सकिँदैन । मलाई माफ गर्नुहोस्,” ट्रम्पले सीमामा आयोजना भएको गोलमेच सम्मेलनको अवसरमा बताए । “त्यसैले अन्यत्र जानुस् । यो नै सही उपाय हो ।”

सान डियागोबाट २ घण्टापूर्वमा ४० हजार मानिसको सहर क्यालेक्सिकोको अन्तर्राष्ट्रिय सीमाको भ्रमण गर्ने क्रममा ट्रम्पले आप्रवासीको कानुनी प्रक्रिया गर्ने दावीलाई पनि राफसाफ गरिदिएका छन् । आप्रवासीहरू वकिलहरूको प्रशिक्षण दिएका ग्याङ सदस्यहरू भएको पनि उनले बताए ।

“यो घोटाला हो, ओके ? यो घोटाला हो । यो धोकेवाजी र छल हो,” ट्रम्पले भने । विशेष सल्लाहकार रोबर्ट एस मुलुरको गरेको अनुसन्धानको निष्कर्षलाई उल्लेख गर्दै ट्रम्पले थपे, “मलाई धोकेवाजका बारेमा थाहा छ । म पनि धोका र छलमा परेको छु ।”

अमेरिका आफ्ना आलोचकहरूबाट धकेलिएको दाबी समेत ट्रम्पले गरेका छन् ।
“यो केवल हास्यास्पद विज्ञप्ति हो,” गोलमेच सम्मेलनपछिको अन्तर्वार्तामा रिपब्लिकन प्रमिला जेयपालले बताइन्, “हामीसँग कृषि उद्योगहरू छन्, जसका लागि कामदारको आवश्यकता पर्छ । हामीसँग क्यालिफोर्निया र अन्य भागमा निर्माण उद्योग छन्, यसका लागि पनि व्यापक मात्रामा कामदार आवश्यक पर्छ र आप्रवासन ‘आप्रवासन नीति’को प्रश्नका रूपमा मात्र छैन, हामी जो हौं, एउटै देशका रूपमा रहेका छौं ।”

प्रकाशित : २४ चैत्र २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह