Logo

कर्पोरेट-बजार

कपडा तथा सिलाई व्यवसायीमा विवाद, संस्थापकहरुले पुरानै संघ ब्युँताए


GDP Nepal
   २८ चैत्र २०७५, बिहिबार


काठमाडौं । नेपाल कपडा तथा सिलाई व्यवसायी संघका संस्थापक अध्यक्ष सिद्धिवीर बज्राचार्यको संयोजकत्वमा नेपाल कपडा तथा सिलाई व्यवसायी संघ पुनर्जागरण समन्वय समिति स्थापना भएको छ ।

साविकको संघले साधारणसभाको म्यान्डेटविपरीत छुट्टै महासंघ दर्ता गराएपछि संस्थापक अध्यक्ष बज्राचार्य, पूर्वअध्यक्ष रमानाथ श्रेष्ठलगायतले पुनर्जागरण समन्वय समिति गठन गरेका हुन् ।

२०५५ सालमा गठन भएको संघको अस्तित्व नामेट हुनेगरी नयाँ महासंघ गठन भएको भन्दै व्यवसायीहरु असन्तुष्ट भएका हुन् ।

संघको गत पुस २७ गतको साधारणसभाले साविकको संघको सम्पूर्ण दायित्व बहन गर्नेगरी कानुनी प्रक्रिया पूरा गरी महासंघमा रुपान्तरण गर्ने निर्णय गरे पनि संस्थापन पक्षले एकलौटी ढंगले नयाँ महासंघ दर्ता गरेको भन्दै उनीहरुले पुरानै संघ ब्युँताउने घोषणा गरेका छन् । संस्थापक अध्यक्ष बज्राचार्य र पूर्वअध्यक्ष श्रेष्ठलगायतले आफूहरुको संघ नवगठित महासंघभन्दा पृथक अस्तित्व भएको र तीन महिनाभित्र आवश्यक प्रक्रिया पूरा गरी पुरानै अस्तित्वमा फर्काउने घोषणा गरेका छन् ।

समन्वय समितिले सबै ज्जिला समिति बिघटन नगर्न र पुनर्जागरण अभियानमा सामेल हुन आह्वानसमेत गरेका छन् । २०५५ सालमा गठन भएको संघको गौरवमय इतिहास संरक्षण गर्न उनीहरुले आग्रह पनि गरेका छन् ।

प्रकाशित : २८ चैत्र २०७५, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह