Logo

विकास / पूर्वाधार

पूर्वसचिव भन्छन्ः मेलम्चीको पानी अझै डेढ वर्ष आउँदैन !


GDP Nepal
   १० बैशाख २०७६, मंगलबार


काठमाडौं । सरकारले केही महिनाभित्रै मेलम्चीको पानी काठमाडौं ल्याइसक्ने दावी गरे पनि सरकारकै एक पूर्वसचिवले मेलम्चीको पानी काठमाडौं ल्याउन न्यूनतम पनि डेढ वर्ष लाग्नसक्ने बताएका छन् ।

खानेपानी मन्त्रालयका पूर्वसचिव भीम उपाध्यायले मेलम्चीको पानी ल्याउन डेढ वर्षभन्दा बढी समय लाग्ने बताएका हुन् । ३० वर्षे सरकारी सेवामा रहेर अघिल्लो वर्ष सेवानिवृत्त भएका उपाध्याय सरकारी सेवाको अन्तिम समय खानेपानी सचिव थिए ।


भीम उपाध्याय

मेलम्ची आयोजनामा ९० प्रतिशतभन्दा बढी काम सकिए पनि ठेक्का व्यवस्थापनको समस्या रहेको उनको भनाइ छ ।

हालै एक अन्तर्वार्तामा उनले भनेका छन्– नेपालमा राजनीतिक परिवर्तन र उथलपुथल भयो, यसले गर्दा पनि मेलम्ची समस्यामा गुज्रियो । चुनाव, विदेशी दाताका कडा सर्त, भूकम्पका कारण पनि ढिलो भयो । विभिन्न समस्या आयो । हिजोका संस्था भत्काउँदै, नयाँ बनाउँदै कैयौं मन्त्री फेरिए । तर पछिल्लो समय तीव्र रूपमा काम भएको थियो । तर, ठेकेदारबीचको विवादका कारण अझै डेढ वर्ष ढिला हुन्छ ।

उनका अनुसार अब पनि ठेक्का लगाउन समय खेर फाल्नु हुँदैन । राम्रो ठेकेदार छनौट गर्नुपर्छ । पुरानो ठेकेदार फर्काउने पनि भन्ने पनि थियो । तर, वार्ता गरेपछि नआउन पनि सक्छ । वार्तामा मात्रै समय खेर जान सक्छ ।

पहिलो चरणकै काम ढिलाइ भयो भने दोस्रो चरणको आयोजनाका लागि सम्झौता नहुन सक्ने उनी बताउँछन् ।

प्रकाशित : १० बैशाख २०७६, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह