Logo

Banner-news

यस्तो देखियो गुप्सीपाखास्थित एनआरएनए लाप्राक नमूना बस्ती (फोटोफिचर)


GDP Nepal
   १८ बैशाख २०७६, बुधबार


काठमाडौं । गोरखाको बारपाक केन्द्रविन्दु रहेर २०७२ साल वैशाख १२ गते आएको भूकम्पले देशका दर्जनभन्दा बढी जिल्लाका हजारौं घर ढले । तिमध्ये कतिपय उठिसकेका छन् भने कतिपय उठ्ने क्रममा छन् । केही बस्ती भने दाताहरुको सहयोगी हातका कारण नयाँ आकर्षणसहित माथि उठ्ने क्रममा छन् र त्यसैमध्येको हो गोरखाको दुर्गम गाउँ लाप्राकस्थित गुप्सीपाखा ।

गैरआवासीय नेपाली संघले निर्माण गरेको यो नमूना बस्तीमा ५७३ वटा घर रहेका छन् । जसको निर्माण संघले नेपाली सेनासमेतको सहयोगमा गरेको हो ।

नमूना बस्तीको रंगरोगन सहित बाह्य संरचनाको सम्पूर्ण काम सकिएको छ भने लाप्राकमा ५७३ घरको निर्माण सकिएर अन्तिम चरणको संरचनागत विकासको काम भइरहेको छ ।

प्रतिकुल मौसम र भौगोलिक विकटताको कारणले सो परियोजना निर्माणमा ढिलाई भए पनि अब सम्पन्न हुने क्रममा रहेको एनआरएनए अध्यक्ष भवन भट्टको भनाइ छ ।

प्रकाशित : १८ बैशाख २०७६, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह