Logo

Banner-news

दिल्ली हुँदै तेस्रो मुलुक जाँदै हुनुहुन्छ ? यी कागजात नभए विमानस्थलबाटै फर्किनुपर्छ !


GDP Nepal
   ३ जेष्ठ २०७६, शुक्रबार


काठमाडौं । भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तेस्रो मुलुकमा मानव तस्करी बढेपछि नेपाली नागरिकलाई नयाँ दिल्लीको बाटो भएर अन्य मुलुक जान कडाइ गर्न थालिएको केही महिना भइसकेको छ ।

दिल्लीस्थित भारतीय अध्यागमनले नेपाली दूतावासको एनओसी (नो अब्जेक्सन लेटर)बिना नेपाली नागरिकलाई तेस्रो मुलुक पठाउँदैन । दूतावासको अनुमति नलिएका कारण नेपालका थुप्रै प्रतिष्ठित व्यापारी तथा सर्वसाधारणले विमानस्थलबाटै फर्कनु परेको छ ।

तर, अहिले भने दिल्ली दूतावासले एनओसीका लागि सार्वजनिक सूचना नै आह्वान गरी आवश्यक कागजात साथमा लिएर आउन आग्रह गरिरहेको छ ।

दूतावासका अनुसार यात्रुले कुन देश जान चाहेको हो भन्ने उल्लेखसहितको निवेदन तथा भिसा जारी भएको पासपोर्टको सक्कल र प्रतिलिपि बुझाउनुपर्ने छ भने हवाई टिकटको प्रतिलिपि पनि निवेदनका साथ बुझाउनुपर्छ ।

यस्तै, वैदेशिक रोजगारीका लागि जाने हो भने वर्क परमिटको प्रतिलिपि तथा यसअघि गएको प्रमाणसमेत पेश गर्नुपर्नेछ । भारतमै रहेका नेपालीका लागि भने अध्ययन वा व्यवसाय खुल्ने प्रमाण पेश गर्नुपर्नेछ ।

दूतावासले एनओसी जारी गरेवापत कुनै शुल्क लिनेछैन भने अति आवश्यक भएमा इमेलबाटै निवेदन दिनसकिने र इमेलबाटै एनओसीसमेत लिनसक्ने व्यवस्था रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : ३ जेष्ठ २०७६, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह