Logo

Banner-news

कुलमानसँग घुस माग्ने मोदीको समर्थनमा उभ्याइए व्यापारी घिमिरे र शारडा!


GDP Nepal
   १२ जेष्ठ २०७६, आइतबार


काठमाडौं । नेपालको निजी क्षेत्र खराब राजनीतिकर्मीको शिखण्डी बनेर कुशल प्रशासकविरुद्ध कसरी प्रस्तुत हुन्छ भन्ने उदाहारण पूर्वका व्यवसायीहरुले प्रस्तुत गरेका छन् । पूर्वी नेपालको चेम्बर आन्दोलनका सबैभन्दा पुराना दुई संगठन यस्तै खराब नेतृत्वका कारण शाख गुमाउने अवस्थामा पुगेका छन् । 

उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले सांसद अमनलाल मोदीको पक्षमा विज्ञप्ति नै जारी गरेर सम्पूर्ण निजी क्षेत्रलाई नै बदनाम गराउने प्रयाश गरेका हुन् ।  

कुलमान घिसिङ र अमनलाल मोदी (माथि)
पवन शारडा र भीम घिमिरे (तल)


उद्योग संगठनका अध्यक्ष भीम घिमिरे सत्तारुढ नेकपाका कार्यकर्ता हुन् भने उनले उक्त संगठनमा सत्तारुढ दलको स्वार्थमा काम गरेर निजी क्षेत्रको मुहारमा कालो पोत्ने काम गरेका छन् । घिमिरेको राजनीतिक स्वार्थको शिकार सिंगो संगठन भइरहेको छ भने शारडाले समेत सत्ता र शक्तिकै पिछलग्गु बनेर व्यावसायिक इमान कायम राख्न सकिरहेका छैनन् । 

कुलमान घिसिङसँग मोदीले ५ लाख घुस मागेको तथ्यलाई झुटो भएको भन्दै दुवै संगठनले कुलमानले संसदमा प्रस्तुत गरेको शैली मर्यादाअनुकुल नभएको जिकिर गरेका छन् । मोदीको समर्थनमा शिखण्डीका रुपमा उभ्याइएका घिमिरे र शारडा यसबाट उल्टै बदनाम भएका छन् । 

घिसिङलाई भ्रष्टाचारको आरोप लगाउने मोदीकै शैलीमा दुवै संगठनको विज्ञप्ति सार्वजनिक भएको छ । मिडियामा मोदीका कर्तुतबारे समाचार आउन थालेपछि उनले विराटनगर पुगेर दुवै संगठनका पदाधिकारी भेटी समाचारको खण्डन गर्न आग्रह गरेको स्रोतले जनाएको छ ।

त्यसो त घिमिरेले नेतृत्व गरेसँगै उद्योग संगठन अराजक रुपमा प्रस्तुत भइरहँदा नेपाल उद्योग वाणिज्य महासंघलाई समेत निकै अप्ठेरो परेको छ । 

महासंघको समानान्तर संगठनका रुपमा आफूहरु अघि बढ्ने भन्दै उनीहरुका गतिविधिले अराजकता प्रकट गरेको भन्दै अन्य संगठनले आपत्ति जनाएका छन् भने महासंघविरुद्ध कीर्ते हस्ताक्षर गरेको भन्दै तीन जिल्ला उद्योग वाणिज्य संघले उनीहरुविरुद्ध विज्ञप्ति नै सार्वजनिक गरेका थिए । 

प्रकाशित : १२ जेष्ठ २०७६, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह