Logo

Banner-news

गोल्छा समूह कृषिमा आक्रामकः अरिहन्त कृषि फर्म २ हजार बिघामा फैलाउने !


GDP Nepal
   २४ जेष्ठ २०७६, शुक्रबार


विराटनगर । मुलुकको पुरानो औद्योगिक तथा व्यावसायिक घराना गोल्छा समूह अब कृषि व्यवसायमा केन्द्रित भएको छ । अरिहन्त कृषि फर्म तथा रिसर्च सेन्टर प्रालिमार्फत गोल्छा समूहले आक्रामक रुपमा कृषि क्षेत्रमा हात हालेकोहो ।

गोल्छा अर्गनाइजेसनले हाल १ सय बिघाभन्दा बढीमा व्यावसायिक खेती गरिरहेको छ । सुरुमा परीक्षणका लागि १ सय बिघामा खेती गरे पनि कम्तीमा २ हजार बिघासम्म पु¥याउने लक्ष्य रहेको जनाइएकाृ छ ।

केही वर्षअघिबाट कृषिमा लगानी सुरु गरेको अर्गनाइजेसनले मुख्य गरी कृषिको व्यावसायिकीकरण र आधुनिकीकरणमा ध्यान केन्द्रित गरेको छ ।

हाल सुनसरीको सीतागन्जमा ७० बिघामा व्यावासायिक खेती गरिएको छ, जसमा ३९ बिघामा उखु, १० बिघामा कागती, १० बिघामा सुपारी र ११ बिघामा धान, गहुँलगायतका बाली लगाइएको छ ।

यस्तै, सुनसरीको सोनापुरमा पनि प्रालिले ३० बिघामा खेती सुरु गरेको छ । सोनापुरमा धानु, गहुँ र तरकारीको खेती गरिनेछ । सबै उत्पादन विषादीरहित हुने जनाइएको छ ।

फलाम, जस्तापाता, जुट, खाद्यन्नलगायतका वस्तु उत्पादनमा सक्रिय अर्गनाइजेसनले साझेदारीमा कृषिमा लगानी बढाएको हो ।

यस्तै, सीतागन्जमा ४० हजार स्क्वायरफिट क्षेत्रफलको ग्रिन नेट हाउसको निर्माण धमाधम भइरहेको छ । हाउसको निर्माण असारभित्रै सम्पन्न हुनेछ । दसैंभित्रै हाउसबाट उत्पादन सुरु हुन्छ । जहाँबाट टमाटर, ढेंडे खुर्सासी, लहरेसिमीका साथै कोसेबाली उत्पादन हुनेछ । सबै उत्पादन अर्गानिक हुनेछ ।

प्रकाशित : २४ जेष्ठ २०७६, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह