Logo

Banner-news

काठमाडौं कि एक्सिडेन्टमान्डु ? ११ महिनामै २२२ को दुर्घटनामा मृत्यु !


GDP Nepal
   २५ जेष्ठ २०७६, शनिबार


काठमाडौं । सवारी दुर्घटनाका कारण काठमाडौं उपत्यका विश्वकै बदनाम सहरका रुपमा चित्रित हुँदैछ । तीब्र सहरीकरणले अत्यधिक भीडभाड र प्रदूषणसँगै दुर्घटनाकै कारण मृत्यु हुनेको संख्या पनि उस्तै डरलाग्दो छ ।

पछिल्लो ११ महिनामा मात्र काठमाडौं उपत्यकाभित्र सवारी दुर्घटनाका कारण २२२ जनाको मृत्यु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार जेठ मध्यसम्म २२२ जनाको मृत्यु भएको हो ।

जेठमा मात्र ११ जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाएका छन् । साउनदेखि वैशाखसम्म २११ को मृत्यु भएको थियो । मृत्यु हुनेमा १७७ पुरुष र ४५ महिला रहेका छन् ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले तीव्र गति र चालकको लापरवाहीका सवारी दुर्घटनामा धेरै मानिसको ज्यान जाने गरको बताए । सडक विस्तारका कारण पछिल्लो समय फराकिलो बाटोमा तीव्र गतिका कारण धेरै मानिसको सवारी दुर्घटनामा ज्यान गएको उनको दावी छ ।

दुर्घटनामा ज्यान गएकामध्ये अधिकांश मोटरसाइकलमा सवार रहेको महाशाखाले जनाएको छ । चालू आर्थिक वर्षमा मोटरसाइकल तथा स्कुटर ९९, पैदलयात्रु ७१, कार १६, ट्रक १६, बस आठ, साइकल चार र एउटा माइक्रो दुर्घटनामा परेका छन् ।

काठमाडौं उपत्यकामा हाल ९ लाख हाराहारीमा सवारीसाधन सञ्चालनमा रहेको अनुमान छ ।

प्रकाशित : २५ जेष्ठ २०७६, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह