Logo

Banner-news

नेपाल टेलिकमको मोबाइल लाइसेन्स अन्ततः नवीकरण


GDP Nepal
   ३ श्रावण २०७६, शुक्रबार


काठमाडौं । नेपाल टेलिकमको मोबाइल सेवा अनुमतिपत्र तेस्रोपटकका लागि नवीकरण भएको छ । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसंचार प्राधिकरणले टेलिकमको मोबाइल सेवा अनुमति नवीकरण गरेको हो ।

बुधबार बसेको प्राधिकरण बोर्ड बैठकले टेलिकमको मोबाइल लाइसेन्स नवीकरणसम्बन्धी निर्णय गरेको कार्यवाहक अध्यक्ष पुरुषोत्तम खनालले पुष्टि गरे । उनका अनुसार टेलिकमले असार ३० गते दोस्रो पटकको नवीकरण दस्तुर रकम बुझाएको आधारमा लाइसेन्स नवीकरणको निर्णय गरिएको हो ।

तेस्रो पटकको लागि भविष्यमा निर्णय भएबमोजिम हुनेगरी नवीकरण गरिएको खनालले जानकारी दिए ।

टेलिकमले दोस्रो पटकको लाइसेन्स नवीकरण दस्तुरको पहिलो किस्ता ४ अर्ब बुझाएको र संचार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनअनुसार तेस्रो पटकको लागि हाललाई लाइसेन्स नवीकरण गरिएको बताइएको छ।

मन्त्रिपरिषदको निर्णयअनुसार टेलिकमले दोस्रो पटकको लाइसेन्सको नवीकरण रकम २० अर्ब रुपैयाँ ५ किस्तामा बुझाउन पाउने सुविधा पाएको थियो । सोहि निर्णयको आधारमा टेलिकमले असार ३० गते बाँकी नवीकरण दस्तुर प्राधिकरणमा बुझाएको थियो । यसअघि २०७०-७१ मा दोस्रो नवीकरणको लागि निवेदन दिँदा नै १८ करोड ९० लाख रुपैयाँ बुझाएकोमा बाँकी रकम हाल बुझाएको हो ।

मन्त्रालयले पनि दोस्रो पटकको लाइसेन्स नवीकरण दस्तुर बुझाएको हुँदा तेस्रो पटकको लाइसेन्स नवीकरण गरिदिन प्राधिकरणलाई निर्देशन दिएको थियो ।

प्रकाशित : ३ श्रावण २०७६, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह