Logo

Banner-news

बिल गेट्सलाई उछिने फ्रान्सेली अर्बपतिले, गेट्स अब तेस्रो धनीमात्र !


GDP Nepal
   ३ श्रावण २०७६, शुक्रबार


अमेरिका (एजेन्सी): संसारकै धनी भन्नेवित्तिकै धेरैको मनमा आउने एकमात्र नाम हो– बिल गेट्स । माइक्रोसफ्टका पिता गेट्सले लामो समयसम्म नम्बर एक अर्बपतिको सूचिमा कब्जा जमाए पनि केही वर्षदेखि दोस्रो स्थानमा झरेका थिए ।


गेट्स दोस्रो स्थानमा पनि लामो समय टिक्न भने सकेनन् । उनी अहिले तेस्रो धनीमा झरेका छन् र उनको स्थान लिएका छन् एक फ्रान्सेली अर्बपतिले । फ्रान्सेली अर्बपति बर्नाड आरनउल्टले उनलाई उछिनेर दोस्रो भएका छन् ।

बिल गेट्स

विलासी सामग्री निर्माता एलभीएमएचका सिइओ आरनउल्टले मंगलबार ब्लुमबर्ग बिलियिनर सूचीमा गेट्सलाई उछिनेका हुन् । सात वर्षअगाडि सूची सार्वजनिक गर्न थालिएपछि गेट्स दोस्रो स्थानबाट तल झरेको यो पहिलो पटक हो ।

सूचीअनुसार आरनउल्टसँग १ सय ८ अर्ब डलरको सम्पत्ति छ । उनी गत वर्ष आफ्नो सम्पत्तिमा ३९ अर्ब डलर थप्नका लागि सक्षम भएका थिए । माइक्रोसफ्टका संस्थापक गेट्ससँग १ सय ७ अर्ब डलरको सम्पत्ति छ ।

फोब्र्सले प्रकाशित गरेको अर्बपतिको सूचीमा पनि उनीहरूको स्थान राखिएको छ ।
७० वर्षीय आरनउल्टले पेरिसको नोट्रे डेम क्याथडरलको पुन निर्माणका लािग २० करोड युरो अर्थात् २२ करोड ४० लाख डलर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । यो सहयोगसँग उनी विश्वका सञ्चार माध्यमको समाचारको शीर्षक बन्न सफल भएका थिए ।

ब्लूमबर्गका अनुसार गेट्स अभैm पनि परोपकारी काममा दान गर्ने मामिलामा पहिलो स्थानमा रहँदै आएका छन् । उनले बिल एन्ड मेलिन्दा गेट्स फाउन्डेसनलाई ३५ अर्ब डलरभन्दा बढी दान गरेका छन् ।

ब्लुमबर्गको सूचीमा अमेजनका सिइओ जेफ बेजोस पहिलो स्थानमा रहँदै आएका छन् । उनको कुल सम्पत्ति १ सय २५ अर्ब डलर छ ।

प्रकाशित : ३ श्रावण २०७६, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह