Logo

मुख्य समाचार

‘अब हरेक टीभीमा यूट्युब’ अफर ल्याउँदै वर्ल्ड लिंक


GDP Nepal
   ७ श्रावण २०७६, मंगलबार


काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंकले अब हरेक टीभीमा यूट्युब नामक अफर ल्याएको छ । जसअनुसार उपभोक्तालाई ठूलो पर्दामा युट्युव हेर्ने अवसर प्राप्त हुने वल्र्डलिंकले जनाएको छ ।

कुनैपनि टिभीको ठूलो पर्दामा युट्युब हेर्ने उपभोक्ताको इच्छालाई ध्यानमा राख्दै कम्पनीले यस्तो अफर ल्याएको हो । जसअन्तर्गत वल्र्डलिंकका नेटटिभीको प्रयोगकर्ताहरुले अब आफ्नो टि.भीमार्फतनै साथीभाइ वा सपरिवारसँग यूट्युबको भरपूर फाइदा प्राप्त गर्न सक्ने जनाइएको छ ।

यो सुविधा स्र्माट टि.भीमा मात्र नभई नन स्मार्ट वा सि आर टि टिभीमा पनि उपलब्ध छ । हाल नेटटिभीले आफ्ना ग्राहकवर्गहरुकालागि ८० भन्दा बढी एच डी च्यानलहरुसँगै उत्कृष्ट तहको टिभीमा मनोरन्जनको अनुभव प्रदान गर्दै आइरहेको छ ।

अब नेटटिभी प्रयोगकर्ताहरुले नियमित टिभी च्यानल कन्टेन्टमात्र नभई आपूmलाई मनपर्ने कन्टेन्टहरु कुनै बाधा एवं झन्झट बिनानै यूट्युबमार्फत हेर्न सक्दछन् । यो सुविधा प्रयोगकर्ताहरुले यटू्यबु स्व्रिmनलाई आफ्नै स्मार्टफोनबाट टिभीमा कास्ट गर्न सक्नेछन् साथै नेटटिभीले मोबाइल फोनहरुमा पनि रिमोट एप्लिकेशन उपलब्ध गराएकाले यो सेवा उपभोग गर्नको लागि एकदमै सजिलो हुनेछ ।

यो अफर नेपालभर रहेका वल्र्डलिंकका नयाँ तथा पुराना सम्पूर्ण ग्राहकहरुका लागि उपलब्ध रहेको जनाइएको छ ।

पुराना प्रयोगकर्ताहरुले नयाँ प्रिमियम सेटअप बक्स आफ्नो पुरानो नेटटिभी सेटअप बक्ससँग नजिकै रहेको वल्र्डलिंकको शाखा भ्रमण गरेर साटेर प्रिमियम सेवाको सुविधा पाउन सक्ने जनाइएको छ ।

प्रकाशित : ७ श्रावण २०७६, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह