Logo

Banner-news

नेपाल एयरलाइन्सले ३७ हजारमै जापान उडाउने


GDP Nepal
   १३ श्रावण २०७६, सोमबार


काठमाडौं । नेपाल एयरलाइन्सले भदौदेखि सुरु गर्ने जापान उडानको भाडादर। सार्वजनिक गर्ने भएका छन् । जसअनुसार अब ३७ हजार रुपैयाँमै जापान यात्रा तय गर्न सकिने छ भने दुईतर्फी उडानको भाडा ७२ हजार ८ सय १४ रुपैयाँ निर्धारण गरिएको छ ।

राष्ट्रिय ध्वजावाहक निगमले भदौ १२ देखि वाइडबडी ए–३३० जहाजमार्फत जापानको ओसाका सिधा उडान गर्नेछ । निगमको यो प्रवर्द्धनात्मक भाडा हो भने दसअघि पुनःअर्को भाडादर निर्धारण गरिने जनाइएको छ ।

निगमले साताको तीन दिन मङ्गलबार, बिहीबार र शनिबार ओशाका उडान भर्ने छ । ओसाका पुग्न काठमाडौंबाट साढे सात घण्टा लाग्नेछ । उडान तालिकाअनुरुप एनए ४११ उडान नम्बरको जहाज काठमाडौँबाट ओसाका दिउँसो २ः३० बजे उडेर ओसाकाबाट राति ११ः५५ बजे काठमाडौँ अवतरण गर्नेछ ।
निगमले जापानकै अर्को मुख्य गन्तव्य नारिता अन्तर्राष्ट्रिय विमानस्थमा उडान गर्ने प्रक्रिया अघि बढाएको छ । जापानबाट सन् २०१८ मा २९ हजार ८१७ पर्यटन नेपाल आएका छन् । सन् २०१७ मा २७ हजार ३२६ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

प्रकाशित : १३ श्रावण २०७६, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह