Logo

Banner-news

अख्तियार विधेयक पारित भए भ्रष्टाचार संस्थागत, कांग्रेसले विरोध गर्न सक्दैन


GDP Nepal
   १७ श्रावण २०७६, शुक्रबार


काठमाडौं । पूर्वमन्त्री डा. प्रकाशचन्द्र लोहनीले सरकारले ल्याएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक जस्ताको तस्तै पारित भए मुलुकमा भ्रष्टाचा संस्थागत हुने टिप्पणी गरेका छन् । उनले यो विधेयकको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विरोध गर्नै नसक्ने पनि जिकिर गरे ।

लोहनी भन्छन्, यो कानुन पास भयो भने नेपालमा भ्रस्टाचार पूर्ण रुपमा संस्थागत हुनेछ र समाजवादउन्मुख यो सरकारको अर्को महान उपलब्धि हुनेछ त्यसैले यसलाई रोक्न नागरिक अब सडकमा उत्रिनुको विकल्प छैन ।

विधेयकमा मन्त्रिपरिषद् र मन्त्रिपरिषद्का समितिले गरेको कुनै पनि निर्णयलाई अख्तियारले हेर्न नपाउने प्रावधान छ। अहिले कार्यान्वयनमा रहेको ऐनमा मन्त्रिपरिषद्को नीतिगत निर्णयलाई मात्रै हेर्न नपाउने प्रावधान छ।

अख्तियारसम्बन्धी विधेयकको मस्यौदामा मन्त्रिपरिषद्का समितिहरुले गरेका कुनै पनि निर्णय अख्तियारले हेर्न नपाउने प्रावधान राख्न दबाब आएपछि यो व्यवस्था राखिएको जनाइएको छ ।
ललितानिवास जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्री र मन्त्रिपरिषद्का सदस्यहरुमाथि अख्तियारले छानबिन गर्न थालेपछि पछिल्लो संशोधित प्रावधान राख्न दबाब आएको बताइन्छ ।

प्रकाशित : १७ श्रावण २०७६, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह