Logo

Banner-news

प्रधानमन्त्री आराम गर्न सिंगापुरमा, देशको अवस्था भने यस्तो छ !


GDP Nepal
   २२ श्रावण २०७६, बुधबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली उपचार र आराम गर्न संसारकै महँगो सहर सिंगापुरमा छन् । अमेरिका र युरोपेली मुलुकका विकसित सहरहरुभन्दा पनि महँगो मानिने सिंगापुरमा गरिब मुलुकका प्रधानमन्त्रीले उपचार गराइरहँदा देशभित्रको स्थिति भने निकै बिकराल देखिन्छ ।

बाढीपहिरो र प्राकृतिक प्रकोप नेपालका दैनिकी नै बनिसकेका छन् । पछिल्लो समय जुम्लामा निरन्तर वर्षाका कारण तिला नदीको पुल नै भाँचिएको छ । तातोपानी गाउँपालिका ४ र ५ नम्बर जोड्ने हाँकु पुल बाढीले भाचिँदा आवतजावत नै बन्द भएको छ ।

प्रधानमन्त्रीको स्वास्थ्योपचार राज्यको उत्तरदायित्व हो भन्नेमा सन्देह छैन भने यसरी जनताले पुल भाँचिएकै कारण दुःख पाउनुपर्ने अवस्थाको अन्त्य गर्नु पनि राज्यको दायित्व नै हो । सोमबार राति आएकोे बाढीले गर्दा पुल नै भाँचिएको त एउटा उदाहरणमात्रै हो ।

यस्ता धेरै घटना छन्, जसलाई राज्यले सामान्य रुपमा लिएको छ र उच्चपदस्थहरुको स्वास्थ्योपचार जुन नेपालमा पनि सम्भव छ, त्यसका लागि करोडौं खर्चिरहेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्रीको स्वास्थ्योपचार खर्च आफैंले बेहोर्ने दाबी गरिरहे पनि उनीसँगै गएका भनिएका र तस्बिरसमेत सार्वजनिक भइरहेका कतिपय अप्राकृतिक रुपमा धनाढ्य भएका व्यक्तिहरुका कारण यसबाट राज्यले थप कति मूल्य चुकाउनुपर्ने हो भन्ने देखिन्छ ।

प्रकाशित : २२ श्रावण २०७६, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह