Logo

कर्पोरेट-बजार

सन्दीप खेतानको अध्यक्षतामा नेपाल–पेरु चेम्बरको नयाँ कार्यसमिति


GDP Nepal
   २६ श्रावण २०७६, आइतबार


काठमाडौं । नेपाल पेरु उद्योग वाणिज्य संघको सातौं वार्षिक साधारणसभाले सन्दीप खेतानको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
नेपालका लागि पेरुका अवैतनिक महावाणिज्यदूत सुमितकुमार अग्रवालको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाले खेतानको अध्यक्षतामा उपाध्यक्षमा राकेशकुमार सरावगी, सचिवमा कुमार खतिवडा, कोषाध्यक्षमा अनिल अग्रवाल रहेको कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । संघको निवर्तमान अध्यक्षतमा उमंग अग्रवाल रहेका छन् ।

यस्तै, संघको सदस्यमा निर्मलराज पौडेल, ललित अग्रवाल र कुञ्जबिहारी मोर रहेका संघले जनाएको छ ।

नेपाल–पेरु चेम्बरको नयाँ कार्यसमिति

कार्यक्रममा पेरुका अवैतनिक दूत अग्रवालले नेपाल र पेरूबीचको आर्थिक एवं कुटनीतिक सम्बन्धलाई थप कसिलो र मजबुद् बनाउन संघले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । सात वर्षअघि संघ स्थापनाको लक्ष्य नै सम्बन्ध विस्तार रहेको र त्यसमा आफूहरु सफल रहेको उनको भनाइ छ । संघ स्थापनापश्चात दुई देशबीचको व्यापार अभिवृद्धिका लागि उल्लेखनीय कार्यहरू भएको उनले बताए ।

हाल पेरुबाट भने नेपालमा जिङ्क र आल्मुनियम आयात भइरहेको छ । नेपालको पेरुसँग ९५ प्रतिशत व्यापारघाटा रहेको छ ।
निर्यातलाई बढावा दिन र पर्यटक बढाउन नेपाली व्यवसायीले द्विपक्षीय व्यापार गर्नुपर्ने उनले बताए । नेपाली उद्योगी व्यवसायीको प्रतिनिधिमण्डलले चाँडै नै पेरूको अध्ययन तथा अवलोकन भ्रमण गर्ने योजना रहेको उनको भनाइ छ । नेपाल र दक्षिण अमेरिकी मुलुक पेरुबीच आर्थिक एवं व्यावसायिक सम्बन्ध विस्तारका लागि सन् २०१२ मा संघको स्थापना भएको हो ।

प्रकाशित : २६ श्रावण २०७६, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह