Logo

मुख्य समाचार

ग्यालेक्सी नोट १० प्लसको मूल्य १ लाख ३५ हजार, प्रि–बुकिङमा अफरै अफर


GDP Nepal
   ३१ श्रावण २०७६, शुक्रबार


काठमाडौं । सामसुङको बहुप्रतिक्षित ग्यालेक्सी नोट सिरिजको पछिल्लो संस्करण ग्यालेक्सी नोट १० र ग्यालेक्सी नोट १० प्लसको प्रि–बुकिङ खुलेको छ । नेपाली बजारमा ग्यालेक्सी १० को मूल्य १ लाख १६ हजार र ग्यालेक्सी नोट १० प्लसको मूल्य १ लाख ३५ हजार तोकिएको छ ।

दुबै सेटको प्रि–बुकिङ साउन २७ देखि खुलेको छ भने उपभोक्ताले भदौ ६ गतेसम्म बुकिङ गर्नसक्ने छन् । नोट १० दुई रंगमा र टेन प्लस तीन रंगमा उपलब्ध छ । प्रि–बुकिङ गर्ने ग्राहकले निःशुल्क रुपमा ग्यालेक्सी बड्स वा १२ हजार रुपैयाँमा ग्यालेक्सी एक्टिभ वाच प्राप्त गर्न सक्नेछन् । यस्तै, विकल्पमा सोही मूल्यमा २४ इन्चको कभ्र्ड मोनिटर प्राप्तगर्न सक्नेछन् ।

प्रि–बुकिङ गर्नेहरुका लागि सामसुङले टर्किस एयरलाइन्सको टिकट खरिदमा १५ प्रतिशतसम्म छुट तथा केजीएच ग्रुपका होटलका रुममा ५ हजार रुपैयाँसम्मको छुट दिने भएको छ । यस्तै, बयोधा हस्पिटलमा १५ प्रतिशतसम्मको छुट, लेट मि इनको सेवामा २० प्रतिशतसम्मको छुट तथा एस ट्राभल्समा १० प्रतिशतसम्मको छुट सुविधा उल्लेख छ ।

सामसङले प्रि–बुकिङमा सहभागी भएका व्यक्तिहरुलाई लक्की ड्रमा समावेश पनि गर्ने र प्रथम हुने भाग्यशाली विजेतालाई टर्किस एयरको सेवा भएको देशमा आउने जाने टिकट निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।

यस्तै, दोस्रो र तेस्रो विजेताहरुले ग्यालेक्सी वाच एक्टिभ प्राप्त गर्ने तथा चौथो र पाचौं हुनेले हिमालयन फ्रन्र्टमा दम्पत्तिसहित २ रात बस्ने व्यवस्था मिलाएको छ । छैठौं विजेताले लेट मि इनको ५ हजार वरावरको दुईवटा कुपन प्राप्त गर्ने छन् ।

यस्तो छ ग्यालेक्सी नोट १०
सामसङ इलेक्ट्रोनिक्सले हालै ग्यालेक्सी नोट १० प्रस्तुतगर्न गईरहेको छ, प्रीमियम स्मार्टफोहरुको नयाँलाइनजसले शक्तिशालीप्रदर्शन र उत्पादकत्व वृद्धि गरीप्रयोगकर्ताहरूलाई हरेक क्षण अविष्मरणीय बनाउन मद्दत पु¥याउँछन् । काम र जीवनको बीचमानिर्बाध रूपमाविचरण गर्ने एउटा पुस्ताले प्रेरणा पायो ग्यालेक्सी नोट १० । जसलेप्रयोगकर्ताहरूलाई उनीहरूले चाहेको तरिकाले कामगर्न र उनीहरूको सृजनात्मकताप्रदर्शन गर्न, स्वतन्त्रता दिन्छ । वर्षौंको लागि,ग्यालेक्सीनोट श्रृंखलाले विश्वभरि लाखौं प्रयोगकर्ताहरूलाई उनीहरूको चाहनाहरू अनुसरण गर्न र उनीहरूको लक्ष्यहरू प्राप्तगर्न मद्दत गरेको छ,ग्यालेक्सीनोट १० संँग, सामसङ प्रयोग कर्ताहरुलाई आफूले चाहेको भन्दा बढी गर्न मद्दत गर्ने विश्वास लिइएको छ ।

“शुरुदेखि नै ग्यालेक्सी नोटले बेस्ट–अफ–द–बेस्ट प्रविधिएंवं सुविधाहरूका साथ प्रस्तुतगर्नु पर्दछ भन्ने मान्यताका साथ अगाडि बढ्दै आएको थियो ।ग्यालेक्सीनोट १० यसै मान्यतालाई आत्मसाथगर्दै स्मार्ट फोनकानयाँपारखीहरु माझउनीहरुको प्रोडक्टीभिटि एवं क्रिएटिभिटिलाई सहजै माथिल्लो तहसम्म पु¥याउन मद्दत गर्ने विश्वास लिएको” कुरा सामसङ नेपालकामोबाइलविजिनेश हेड प्रणय रत्न स्थापितले बताए । ग्यालेक्सीनोट १० का हरेकइलमेन्टहरु विशेष तरिकाबाट निर्माण गरिएको छ, जसले गर्दा ग्राहकलाई अझ धेरै सुविधाप्राप्तहुने छ, भिडियो एडिटिङ्ग गर्न वाआफूलाई मन पर्ने गेम खेल्न ग्यालेक्सी नोट १० ले अझै सहजताएवं सुविधा प्रदान गर्ने छ ” उनले भने ।

प्रिमियम एक्स्पेरियन्सको लागि पावरफुल डिजाइन
यसको सोफेस्टीकेटेड डिजाइनले प्रयोगकर्तालाई बेग्लै अनुभवप्रदानगर्दछ– न केवल हेर्दा र अनुभवगर्दा मात्रनभईग्यालेक्सी नोट १०मोबाइलफोन सिल्क, स्लिम तथा डिस्ट्र्याक्सन –फ्रिबन्नपुगेको छ । यसले गर्दा प्रयोगकर्तालाई आइडिया, प्रोजेक्ट तथा कन्टेन्टका विषयमाअझ धेरै आकर्षित बनाउने छ ।

ग्यालेक्सी नोट १० को डिस्प्ले सामसङकोअहिलेसम्मकै उत्कृष्ट रहेको छ । भौतिकनिर्माणदेखि लिएर यसको अन्तरनिहीतप्रविधिकोप्रयोग गरीप्रयोगकर्ताहरुले आफ्नो मनपरेको टिभि, मुभितथा गेम खेल्न सक्नुहुने छ ।

हरेक कार्यलाई बहुपक्षीय उत्पादक बनाउने स्वतन्त्रता
प्रयोगकर्ताहरुले प्रिमियमउत्पाकताप्राप्तगर्नं सक्नुहुने छ र वहाँहरुले आफ्नो फोनबाटअझै धेरै कुरा प्राप्तगर्नको लागिप्रयोग गर्न सक्नुहने छ । । यसमाप्रयोग भएको नयाँप्रविधि, सुधारिएको क्षमता र शक्तिशाली समायोजन आदिले प्रयोगकर्तालाई स्वतन्त्रताप्रदान गरी उनीहरुका हरेक कार्यलाई उत्पादकबनाउने स्वतन्त्रताप्रदानगर्दछ ।

सर्जकहरुकालागिप्रो–ग्रेड क्यामरा
ग्यालेक्सी नोट १० को साथ, सर्जकहरुले स्टेट अफ द आर्ट टुल्सहरुको प्रयोग गरी आश्चर्यजनक भिडियो तथाफोटोहरु लिन सक्नुहुने छ– आफ्नो च्यानलहरु, स्टोरिहरु तथापोस्टहरुलाई अरु भन्दा पृथक् बनाउने सुविधाप्रदानगर्दछ । यसमाभएको एडभान्स इमेजिङ्गप्रविधि र सफ्टवेरहरुले भिडियो ग्राफि र फोटो ग्राफिलाईनयाँतहमा पु¥याउन मद्दत गर्दछ ।

प्रयोगकर्ताहरुका लागि अद्वितीय कार्यक्षमता
नोट प्रयोगकर्ताहरुले यस फोनको प्रयोगबाट हरेक कुरा गर्न सक्नुहुने छ – कुराकानीमात्रहोइन हरेक क्रियाकलाप, वृहत् व्यापारिक योजना, सोसल मिडिया च्यानलहरुको लागिआवश्यक पर्ने भिडियो एडिटिङ्ग, एस पेनको साथआकर्षक इलुस्ट्रेशनआदिगर्न विशेष सहयोग पु¥याउने छ । यसको लागिनयाँइन्जिनियरिङ्गका साथग्यालेक्सी नोट १०माटप–टायरहार्डवेर एवं नयाँ सुविधाहरु प्रयोगगरिएको छ ।

ग्यालेक्सी इकोसिस्टम एक पोर्टल
ग्यालेक्सी नोट १० ले इकोसिस्टमलाई केन्द्रमा राखेको छ । प्रयोगकर्ताहरुलाई जीवन्तताप्रदानगर्न विभिन्न वेरेवल डिभाइसहरु जस्तैःग्यालेक्सी वाच एक्टिभि २ र ग्यालेक्सी ट्याव्लेट ए ६ कनेक्ट गरी अझै धेरै गर्न सकिन्छ ।
सामसङका यस्ता उत्पादनहरु जसले ग्यालेक्सीको अभूतपूर्व अनुभवप्रदानगर्दछ ।

प्रकाशित : ३१ श्रावण २०७६, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह