Logo

Banner-news

सरकारको एक्सनः सुमार्गीको लाइसेन्स खारेजीको भोलिपल्टै रामेश्वर थापाको जहाज ग्राउन्डेड


GDP Nepal
   ४ भाद्र २०७६, बुधबार


काठमाडौं । सरकारले खुला अर्थतन्त्रप्रति अनुदार बन्दै मुलुकमा आफू निकटका व्यवसायीलाई मात्र संरक्षण गर्ने क्रोनी क्यापिटलिज्म अंगिकार गरेको आरोप लागिरहेका बेला दुई ऐतिहासिक निर्णय गरेको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नजिक रहेका विवादास्पद व्यवसायी अजेयराज सुमार्गीको टेलिकम्युनिकेसन कम्पनी हेलो नेपालको अनुमतिपत्र खारेज गरेको सरकारले पार्टीका अर्का अध्यक्ष रामेश्वर थापाको लगानी रहेको सिम्रिक एयरका जहाज ग्राउन्डेड गरेको छ ।

सुमार्गी नेकपा अध्यक्ष दाहाल नजिक हुन् भने क्या. थापा अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओली निकट मानिन्छन् ।

अजेयराज सुमार्गी

सिम्रिकको जहाजमा आधिकारिक पार्टपुर्जा प्रयोग नगरिएको पाइएपछि नागरिक उड्डयन प्राधिकरणले कम्पनीसँग भएको सबै जहाज ग्राउण्डेड गराएको छ । यसअघि सोमबार ७९ करोड रोयल्टी नबुझाएको भन्दै सुमार्गीको हेलो नेपालको लाइसेन्स दूरसञ्चार प्राधिकरणले खारेज गरेको थियो ।

काठमाडौंमा हवाई सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन जारी रहेका बेला सिम्रिकमाथिको कठोर कारबाहीलाई अर्थपूर्ण रुपमा हेरिएको छ भने प्रधानमन्त्री ओलीनिकट व्यवसायी क्या. रामेश्वर थापामाथि सरकार कठोर बन्नुलाई पनि सकारात्मक रुपमा हेर्न सकिन्छ ।
यी दुवै घटनाले सरकारमाथि लाग्दै आएको क्रोनी क्यापिटलिजमको आरोपलाई भने केही मत्थर गर्ने अपेक्षा गरिएको छ ।

रामेश्वर थापा

नागरिक उड्डयन प्राधिकरणका निर्देशन लत्याएपछि सिम्रिकका सबै जहाज ग्राउण्डेड गरेर अनुसन्धान अघि बढाइएको छ । यता, हेलो नेपालको लाइसेन्स खारेजीविरुद्ध सुमार्गी अदालत जाने तयारीमा छन् ।

प्रकाशित : ४ भाद्र २०७६, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह