Logo

Banner-news

त्रिभुवन विमानस्थल फेरि दैनिक ७ घण्टा बन्द, निगमको जापान उडान प्रभावित हुनसक्ने !


GDP Nepal
   ८ भाद्र २०७६, आइतबार


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिका लागि भन्दै फेरि दैनिक ७ घण्टा बन्द हुने भएपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको बहुप्रतिक्षित जापान उडान नै प्रभावित हुने देखिएको छ ।

भदौ १५ बाट विमानस्थल राति साढे ११ बजेबाट बिहान साढे ६ बजेसम्म उडान अवतरण नै बन्द गरेर निर्माणको काम गर्ने तयारी छ । तर, निगमले भदौ १२ बाट साताको ३ पटक जापानको ओसाका उडान गर्दैछ ।

विमानस्थल धावनमार्ग कालोपत्रे गरिँदै । फाइल तस्बिर

जापान उडानको समयमा मर्मतले असर नगर्ने भए पनि अवतरण र मर्मतको समय करिब एउटै पर्ने भएकाले मर्मतको कामै रोक्नुपर्ने आवश्यकता छ । यसका लागि विमानस्थलले करिब १ घण्टा नोटाम जारी गरेर निगमको विमानलाई उडान सहजीकरण गर्ने तयारी भने गरिरहेको छ ।

निगमले हाल साताको तीन उडान गर्ने योजना बनाएको छ । विमान अवतरणको समय एक घण्टासम्म काम बन्द गर्नुपर्ने भएकाले निर्धारित समयमा स्तरोन्नतिको काम सकिनेमा भने आशंका रहेको अधिकारीहरु बताउँछन् ।

दोस्रो चरणको स्तरोन्नतिअनुसार प्यारालल ट्याक्सी–वे को काम सुरु हुनेछ । चिनियाँ कम्पनीले ८ महिनाभित्र ‘ट्याक्सी वे’को काम पूरा गर्ने लक्ष्य लिएको छ ।

हाल विमानस्थलमा आन्तरिक र वाह्य गरी दैनिक ४ सय उडान अवतरण हुने गरेका छन् ।

प्रकाशित : ८ भाद्र २०७६, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह