Logo

Banner-news

प्रधानमन्त्रीका सल्लाहकारले भने– मन्त्रिपरिषद बैठक भीपीएनबाट भएको हो, फेसबुकबाट होइन


GDP Nepal
   १० भाद्र २०७६, मंगलबार


काठमाडौं । मन्त्रिपरिषदको बैठक टेलिकन्फरेन्सबाट गर्दा महत्वपूर्ण सूचनाहरु लिक हुने आशंका बढिरहेका बेला सरकारका एक जिम्मेवार अधिकारीहरुले डाटा सुरक्षाको चिन्ता लिनुनपर्ने बताएका छन् ।

प्रधानमन्त्री कार्यालयमा सूचना प्रविधि विज्ञका रुपमा कार्यरत युवा व्यवसायी अस्गर अलिले सोमबारको मन्त्रिपरिषद बैठक भीपीएन प्रयोग गरी गरिएको स्पष्ट पारेका छन् । उनले मंगलबार बिहान भनेका छन्– यसमा हामीले हाम्रो र सम्मानीय प्रधानमन्त्रीज्यूको बीचमा सम्पर्क स्थापित गर्न VPN (Virtual Private Network) प्रयोग गरेका छौं ।

यसको प्रक्रियाबारे जानकारी दिँदै अलिले अगाडि भने– सम्मानीयज्यूले सिंगापुरबाट ट्रान्सफर भएकोे सुचना सर्वप्रथम इन्क्रिप्ट हुन्छ । इन्क्रिप्टेड क्लाउडमा जान्छ । क्लाउडबाट टीपी सर्भर– टेलि प्रिसेन्सले उक्त डाटा ग्रहण गर्छ । त्यसपछि पुनः डिक्रिप्ट हुन्छ र अन्तिममा एक्सन रुम काठमाडौंमा प्राप्त हुन्छ । यो प्रक्रियाबाट नै काठमाडौँबाट पठाइने सूचना समेत सिंगापुरमा प्राप्त हुन्छ । त्यसकारण सूचना पूर्णतः सुरक्षित रहन्छ ।

अस्गर अलि

सुरक्षा गोपनियताको आचारसंहिताका कारण यो भन्दा धेरै जानकारी दिन नमिल्ने अलिको भनाइ छ ।
उनी भन्छन्– साथीहरुलाई हामी ढुक्क बनाउन चाहन्छौ सामन्य सुरक्षा कवचमा बसेर मन्त्री परिषद जस्तो अत्यन्त सम्वेदनशील बैठक गर्न कोही नेपालीले आँट गर्न सक्दैन ।
अलिले यसलाई सामान्य स्काइप कल, फेसबुक लाइभ, यूट्युब स्ट्रीमिङ जस्तो नभएको भन्दै असुरक्षित भन्दै भ्रम नफैलाउन फेसबुकमार्फत अनुरोध गरेका छन् ।

प्रकाशित : १० भाद्र २०७६, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह