Logo

Banner-news

पर्यटनमन्त्रीले १ घन्टा यात्रु कुराए, आक्रोशित यात्रुलाई दिए ‘राजावादी’को संज्ञा !


GDP Nepal
   २८ भाद्र २०७६, शनिबार


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालगन्जमा बुद्ध एयरको जहाज एक घन्टा कुराउँदा उनीविरुद्ध आक्रोशित यात्रुले जहाजभित्रै नाराबाजी गरे । झन्डै हात हालाहालको स्थिति पनि भयो ।

जहाजमा सवार यात्रुले बिनाकारण मन्त्रीलाई एक घन्टासम्म कुर्नुपर्दा आक्रोशित हुनु स्वाभाविकै थियो । यात्रुले जहाजा उनलाई तपाइँले हाम्रो प्लेन किन रोकेको ? १ घण्टासम्म कहाँ हुनुहुन्थ्यो, मोजमस्तीमा हुनुहुन्थ्यो कि कहाँ हुनुहुन्थ्यो ? ख्याल राख्नु पर्दैन टाइमको ? टाइमको ख्याल राख्नु पर्छ कि पर्दैन ? भन्नेजस्ता प्रश्न सोधे ।

आक्रोशित यात्रु यतिमै रोकिएनन् । संविधानमा कहाँ लेख्या छ मन्त्रीले प्लेन रोक्ने भनेर ? कहिले प्रधानमन्त्री आउने प्लेन २ घण्टा जाम गरिदिने, यसको जवाफ दिनुहोस् भन्दै जवाफ पनि मागे ।

कतिपय यात्रुले त संस्कृतिमन्त्री भएर संस्कारै नभएको टिप्पणी पनि गरे । यसको भिडियो अहिले फेसबुकमा भाइरलसमेत भइरहेको छ ।

तर, दुर्भाग्य भनौं कि आफैंले कुराएका यात्रुलाई मन्त्री भट्टराईले राजावादीको आक्रोश भन्दै विषयलाई अन्तै मोड्ने प्रयास गरेका छन् । जहाजमा रहेका युवा अभियन्ता ज्ञानेन्द्र शाहीले उक्त भिडियो भाइरल बनाएपछि उनी नियोजित रुपमा दुश्प्रचारमा उत्रिएका छन् ।

मन्त्री भट्टराई जम्मा १५ मिनेटमात्रै ढिला भएको भन्दै सहयोग गर्ने बुद्ध एयरलाई घन्यवाद दिएका छन् ।

काठमाडौं फर्केर उनले फेसबुकमा लेखेका छन्–
आज कैलाली जिल्लाको टिकापुरमा आयोजना भएको डलफीन महोत्सबको कार्यक्रम सकेर बुद्ध एयरको धनगढीको अन्तिम उडानबाट काठमान्डौ फर्कने मेरो योजना रहेको थियो । तर कार्यक्रम ढिला भएको कारण बुद्ध एयरसँग अनुरोध गरेर नेपालगंजको अन्तिम उडानबाट काठमान्डौ फर्कनेक्रममा केहि ढिला हुन गएको सत्य हो । सबै यात्रुको बोर्डिङ भएको करिब १५ मिनेटमा हाम्रो टिमको बोर्डिङ भएको हो । भोली प्रतिनिधिसभामा माननीयहरुको प्रश्नको मैले जबाफ दिने कार्यक्रम रहेको कारण काठमान्डौ फर्कनै पर्ने दबाबमा म थिए । नेपालगंज बिमानस्थलमा ३र ४ जना ब्यक्तीहरु आक्रमक शैलीमा मेरा बिरुद्ध प्रस्तुत हुनुभयो । एकजनाले पारसका बिरुद्ध सातलाख हस्ताक्षर दरबारमा बुझाएर तैले हामीलाई कति दुस्ख दिएको छस् ? त्यो हामीले कहाँ बिर्सेंका छौ र ? सम्म भने ।त्यो सुने पछि उनीहरुको नियत मैले बुझिहाले । सम्पूर्ण यात्रु तथा बुद्ध एयरले देखाएको समझदारीप्रति धन्यवाद ब्यक्त गर्दछु ।
मेरा कारणले यात्रुहरुमा पर्न गएको असुबिधाप्रति भने क्षमाप्रार्थी छु ।

प्रकाशित : २८ भाद्र २०७६, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह