Logo

Banner-news

इन्द्रजात्रा हेर्न आएका विदेशी पाहुना चन्द्रागिरिमा नाचे !


GDP Nepal
   २९ भाद्र २०७६, आइतबार


काठमाडौं । काठमाडौं महानगरपालिकाले इन्द्रजात्रा हेर्नका लागि बोलाएका विदेशी मेयरसहितका पाहुनाले शनिबार चन्द्रागिरी अवलोकन गरेका छन् । केही दिनअघि चिनियाँ विदेशमन्त्रीले पनि चन्द्रागिरी भ्रमण गरेका थिए ।

विदेशी पाहुनाले शनिबार चन्द्रागिरि र स्वयम्भूको अवलोकन भ्रमण गरे भने आइतबार ललितपुर र भक्तपुरको दरवारक्षेत्र भ्रमण गर्नेछन् । काठमाडौं महानगरपालिका र चन्द्रागिरि नगरपालिकाले करीब ५० जना विदेशी पाहुनालाई चन्द्रागिरि र स्वयम्भूको अवलोकन भ्रमण गराएका हुन् ।

त्यहाँ घुम्दा विदेशी पाहुनाले नेपालको भौगोलिक अवस्थिति, कला, संस्कृति र सम्पदाबारे जानकारी लिएको महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी गराए ।

तस्बिरः मोहन बास्तोलाको फेसबुकबाट

पाहुनाले चन्द्रागिरिस्थित भालेश्वर महादेव मन्दिरको दर्शनसमेत गरे। भुटान थिम्पु शहरका प्रमुख किन्ले दोर्जेले नेपालको संस्कृति विश्वको उत्कृष्ट भएको उल्लेख गर्दै नेपालले आफ्नो मौलिक कला र संस्कृतिको संरक्षण गरेकामा खुशी व्यक्त गरेका थिए ।

“अन्य देशमा विकास हुँदा संस्कृति नाश भएर जाने गरेको छ”, उनले भने, “तर नेपालमा विकास भए पनि संस्कृतिलाई जोगाएर राखेको पाइयो ।” उनले कला संस्कृतिले मानिसलाई सुखी बनाउने भन्दै भुटानमा पनि पर्व हुने गरेको तर यहाँको इन्द्रजात्राजस्तो पर्व कहिल्यै नदेखेको बताए ।

भुटानी मेयरले ले भूटानमा अधिकांश मानिसले बौद्धधर्म मान्ने गरेको उल्लेख गर्दै आगामी वर्ष हुने नेपाल भ्रमण वर्ष–२०२० मा भूटानबाट धेरैभन्दा धेरै मानिस आउने बताए ।

यस्तै, नर्थदिल्ली नगरपालिका कर्पोरेशन, भारतका प्रमुख अफ्तर सिंहले नेपालको भौगोलिक वातावरण नै सुन्दर रहेको उल्लेख गर्दै यहाँका कला संस्कृति राम्रो लागेको बताए । कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले विदेशी पाहुनालाई चन्द्रागिरिको ऐतिहासिकताबारे जानकारी गराएका थिए ।

सोही अवसरमा चन्द्रागिरि नगरपालिकाले सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेको थियो । इन्द्रजात्रा देखाउनका लागि काठमाडौँ महानगरले चीन, अमेरिका, भारत, बङ्गलादेश र भुटानका भगिनी सम्बन्ध भएका शहर तथा अन्य जनप्रतिनिधिलाई निमन्त्रणा गरेर बोलाएको थियो ।

सोही अवसरमा चन्द्रागिरि नगरपालिकाले सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेको थियो । सो अवसरमा विदेशी पाहुनासमेत सँगै नाचेका थिए ।

इन्द्रजात्रा देखाउनका लागि काठमाडौँ महानगरले चीन, अमेरिका, भारत, बङ्गलादेश र भुटानका भगिनी सम्बन्ध भएका शहर तथा अन्य जनप्रतिनिधिलाई निमन्त्रणा गरेर बोलाएको थियो ।

प्रकाशित : २९ भाद्र २०७६, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह