Logo

मुख्य समाचार

‘हाम्रो सम्पदा-हामी आफैं बनाऔं’ भन्दै ललितपुरमा भोलि वाकाथनः यस्तो हुनेछ रुट


GDP Nepal
   ३ आश्विन २०७६, शुक्रबार


ललितपुर । ललितपुर उद्योग वाणिज्य संघले भिजिट नेपाल २०२० को प्रवर्द्धनका लागि शनिबार वाकाथन कार्यक्रम आयोजना गर्दैछ । ललितपुरका विभिन्न सम्पदास्थल समेट्दै १३ किलोमिटर लामो वाकाथन आयोजना गर्ने तयारी गरिरहेको संघले यसको रुट सार्वजनिक गरेको छ ।

संघका अध्यक्ष कृष्णलाल महर्जनका अनुसार मंगलबजारबाट सुरु हुने वाकाथन सिद्धिपुर, हरिसिद्धि, धापाखेल, ठेचो, बुंगमति हुँदै खोकना गएर समापन हुनेछ । स्थानीय कला संस्कृतिसहित स्वागतसत्कारका कार्यक्रम रहने तथा वाकाथनमा करिब २ हजार जनाको सहभागिता रहने जनाइएको छ ।

भिजिट नेपाल २०२० को प्रवद्र्धनका लागि गरिएको यस वाकाथनका लागि कुमारी बैंकसँग सहकार्य गरिएको संघका अध्यक्ष महर्जनले जानकारी दिए ।

वाकाथनको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गर्नेछन् भने वाकाथनमा विभिन्न पेशा र व्यवसायका व्यक्तित्वहरुको सहभागिता रहनेछ ।

संघले वाकाथनको दर्ता शुल्क ५ सय रुपैयाँ निर्धारण गरेको छ र सो कार्यक्रमबाट प्राप्त आम्दानी पाटन दरबार क्षेत्रमा रहेको भीमसेन मन्दिर पुनर्निर्माणमा खर्च हुने जनाएको छ । नेवारहरुको इष्ट देवताका रुपमा रहेको भीमसेन मन्दिर २०७२ को भूकम्पबाट क्षतिग्रस्त भएको थियो ।

भीमसेन मन्दिर पुनर्निर्माणको लागत ४ करोड ९३ लाख रुपैयाँ अनुमान गरिएको छ भने ललितपुर उद्योग वाणिज्य संघको अगुवाईमा यसको पुनर्निर्माण भइरहेको छ । संघका अध्यक्ष महर्जनका अनुसार संघले आफैं १० लाख रुपैयाँ सिड मनी राखेर सुरु गरेको चन्दा संकलन अभियानमा ललितपुर महानगरपालिका, प्रदेश ३ सरकार, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंकलगायतले सहयोगको घोषणा गरेका छन् ।

प्रकाशित : ३ आश्विन २०७६, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह