Logo

कर्पोरेट-बजार

मेरिएट होटेलमा ठमेल किचनको बुफे ब्रेकफास्ट र स्वादिष्ट मिठाई


GDP Nepal
   ४ आश्विन २०७६, शनिबार


काठमाडौं । नेपालको राजधानीमा हालै संचालनमा आएको काठमाडौं मेरिएट होटेलले दशैंको अवसरमा दैनिक जीवनको भीड–भाडबाट पन्छिन खोज्ने व्यक्तिहरुका लागि उत्तम गन्तव्य प्रदान गर्ने विशेष अफर ल्याएको छ ।

काठमाडौं मेरिएट होटेल जोडिहरुलाई ठमेल किचनको कम्प्लीमेनटरी बुफे ब्रेकफास्ट सहित दुई रातका लागि शानदार डिलक्स कोठामा समय व्यतित गर्न स्वागत गर्दछ । ठमेल किचन दिनभर संचालन रहने एक मल्टीक्वीजीन डाइनिङ्ग रेष्टुरेन्ट हो जसले मुखमा पानी आउने विश्वभरका स्वादिष्ट भोजनहरु पेश गर्दछ ।

अतिथिहरुले यस प्रचुर रमणीय स्थलमा सबै सेवाहरु लिन सक्छन् – स्वीमीङ्ग पुलको मज्जा लिन, आरमदायी स्टीम र सौना, स्टेट–अफ–आर्ट फिटनेस सेन्टरमा वर्कआउट गरेर जाकुजीमा आराम गर्नु, आफुलाई स्पा ट्रीटमेन्टबाट प्याम्पर गर्न एम–वेल्नेसर रहेको छ साथै यस शान्त वातावरमा सम्पूर्णका लागि केहि न केहि विशेष रहेको छ ।

अतिथिहरुले अक्टुबर ३ तारिखदेखि अक्टुबर १० तारिखसम्म रु १४५०० ंं मा यस प्याकेजको आनन्द लिन सक्नेछन् । यस प्याकेजका लागि न्यूनतम २ रातसम्म बस्नुपर्नेछ र अतिथिहरुले निशुल्क प्रारम्भिक चेक–इन र ढिलाई चेक–आउट रोज्न पनि सक्नेछन् ।
काठमाडौं मेरिएट होटेलले स्पा ट्रीटमेन्ट, चारवटै रेष्टुरेन्टमा कम्प्लीमेन्टरी वाई–फाई सहित खाना तथा पेय पदार्थमा २५% छुट दिने भएको छ । अतिथिहरुले दशैंको अवसरमा होटेलको आफ्नो कोठामा विशेष उपहारको पनि आशा गर्न सक्नेछन् ।

देशमा चाडपर्वको उत्साह छाएसँगै, काठमाडौं मेरिएट होटेल स्वादिष्ट मिठाई “मिठाई बाई मेरिएट” अफर गर्ने पहिलो लक्जरी होटेलको छाप बनाएको छ । यस मिठाई होटेलका कार्यकारी शेफ सञ्जीव रनजनले सुन्दर तरिकाले बनाएका हुन् । प्याट्रोनहरुले आफ्नो प्रियजनहरुलाई स्थानीय इन्ग्रीडेन्टहरुबाट बनाइएको व्यञ्जनको होस्ट गर्न पनि सक्छन् ।

बेसनको लड्डू, तरबूजा बर्फी, गूडको लड्डू र काजुकाट्ली, अंजीर रोल जुन कुनै समय मनपर्ने ट्रिटलाई ५०० ग्राम र १ केजीको बक्समा राखेर उपहार दिन सकिन्छ । काठमान्डौं मेरिएट होटलले दशैं का लागि २६ सेप्टेम्बरदेखि र दिपावली अघि पनि प्रि–अर्डर स्वीकार गर्दछ ।

नक्सालमा अवस्थीत काठमाडौं मेरिएट होटल कन्टेम्प्रोररी होटेल हो जुन स्थानीय संस्कृतिको ट्वीस्ट हो । सुन्दर रुपमा सजाइएका कोठाहरुलाई विशेष ध्यान राख्ने आतिथ्य स्टाफले कम्प्लीमेन्ट गर्दछ र अतिथिहरुलाई आफ्ना सम्पूर्ण चिन्ताहरु रिसेप्सेनमै छोडेर होटेलले प्रदान गर्ने सम्पूर्ण सेवाहरुको आनन्दमा केन्द्रित हुन सक्ने वातावरण सुनिश्चित गर्दछ ।

रेष्टुरेन्टहरुको आमन्त्रित दायराका भित्र यो होटेलले डाईनिङ्ग अनुभवमा एक नयाँ दृष्टिकोण प्रदान गर्दछ । ठमेल किचेनले मल्टी–क्वीजीन अफर गर्दछ भने आधुनिक एशियन स्पेसियालिटी रेष्टुरेन्ट एडमामीले थाई, जापनीज र चाइनीज क्वीजीन प्रदान गर्दछ ।

रक्शी म्युजीक बार र यसको वाटरफल टेरेन्स एक्टेन्सन साझँमा विदेशी पेय पदार्थ र उत्तम खानाको आनन्द लिने एक अद्भुत विकल्प हो । इन–हाउस प्याटिसेरीमा रहेको काठमाडौं बेकिङ्ग कम्पनी न्यानो र आरामदायक छ ।

प्रकाशित : ४ आश्विन २०७६, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह