Logo

Banner-news

अर्थमन्त्रीले फेरि भनेः सरकारले पुँजी बजारको विकासलाई प्राथमिकता दिएको छ !


GDP Nepal
   ५ आश्विन २०७६, आइतबार


काठमाडौं । पुँजी बजारप्रति निकै कठोर मानिएका अर्थमन्त्री डा. युवराज खतिवडाका पछिल्ला अभिव्यक्ति भने बजारमैत्री देखिन थालेका छन् । बजार सुधारका लागि नीतिगत परिवर्तन नगरे पनि मनोवैज्ञानिक रुपमा लगानीकर्तालाई आश्वस्त पार्न उनको प्रयाश देखिन थालेको छ ।

पछिल्लो एक साताका दुई महत्वपूर्ण कार्यक्रममा उनले पुँजी बजारका सम्बन्धमा सकारात्मक टिप्पणी गरे । कर्मचारी सञ्चय कोषको कार्यक्रममा उनले पुँजी बजारमा लगानी गर्न आह्वान गरेसँग बजारमा सकारात्मक प्रभाव पारेको थियो ।

अर्थमन्त्रीले शनिबार पोखरा पुगेर पनि पुँजी बजारसम्बन्धी सकारात्मक अभिव्यक्ति दिएका छन् । उनले भने– सरकारले उत्पादनमा जोड दिई पुँजी बजारको विकासलाई प्राथमिकता दिएको छ र यसका लागि लगानीको क्षेत्र पहिचान गरिरहेको छ ।

पुँजी बजारका लाखौं लगानीकर्ताले खतिवडाप्रति कटाक्षा गरिरहेका बेला उनको लोकप्रियता नै संकटमा परेको थियो । उनको विरुद्ध श्रृंखलाबद्ध कार्यक्रमसमेत भइरहेका छन् । तर, अन्य विषयमा इगो साँध्ने खतिवडा पुँजी बजारका लगानीकर्तासँग आफैं झुक्न खोजेको देखिन्छ ।

पोखरा उद्योग वाणिज्य संघको कार्यक्रममा उनले व्यवसायको वातावरण सुधार हुँदै गएकाले निराश हुनुपर्ने अवस्था नरहेको बताए । देशको अर्थतन्त्र सकारात्मक उन्मुख भइरहेकाले व्यवसायीलाई निराश नभई उत्साहित हुन उनको आग्रह थियो ।

काठमाडौँदेखि पोखरासम्मको बाटोको स्तरोन्नतिका लागि ४० अर्ब बजेट छुट्टयाएको उल्लेख गर्दै उनले पूर्वाधार विकासमा रकम खर्चिँदा व्यापारघाटा बढेको देखिएको भन्दै आत्तिनुपर्ने अवस्था नरहेको बताए ।

यस्तै, अहिले सरकारले ल्याएको आर्थिक नीतिप्रति व्यवसायीले आत्तिनुपर्ने अवस्था नरहेको भन्दै मन्त्री खतिवडाले कर प्रणाली नयाँ जुत्ता लगाउँदा शुरुमा असहज भएजस्तै पछि बानी परेपछि सहज र मनपर्दो हुने ठोकुवा गरे । आर्थिक वृद्धि र समृद्धि हासिल गर्न वित्तीय अनुशान कायम गर्नुपर्ने भन्दै सरकार यस विषयमा सजग भएको उनको धारणा थियो ।

प्रकाशित : ५ आश्विन २०७६, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह